कृष्णभीर सडक १ असोजदेखि खुला गर्ने लक्ष्य, ट्रयाक खुलेसँगै २१ वटा ठूला सवारी साधन बाहिरिए

काठमाडौं । भोटेकोशी र त्रिशूलीमा आएको बाढीका कारण पहिरोले अवरुद्ध कृष्णभीरमा आइतबार सडक ट्रयाक खुलेको छ । खुलेलगत्तै २१ वटा ठूला सवारी साधन काठमाडौंबाट बाहिरिएको सडक विभागले जनाएको छ ।

सडक विभागले आइतबार साँझ प्रेस विज्ञप्ति मार्फत भनेको छ, ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारीसहित केही हलुका सवारी साधन सफलतापूर्वक सञ्चालन गरिएको छ ।’

हाल बाँकी रहेको सडक स्तरोन्नति तथा सुरक्षाका कार्यहरू जारी रहेकाले सडक खुला नगरिएको बताउँदै सडक विभागले यो सडक आगामी १ असोजदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको जनाएको छ ।

कृष्णभीर खण्डबाट सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द रहने भन्दै यस अवधिमा सम्बन्धित निकायबाट जारी गरिएका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशन पालना गर्न पनि सडक विभागले सबैसँग अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

कृष्णभीर सडक १ असोजदेखि खुला गर्ने लक्ष्य, ट्रयाक खुलेसँगै २१ वटा ठूला सवारी साधन बाहिरिए