काठमाडौं । भोटेकोशी नदीमा यही १० भदौमा आएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा पूर्ण तथा आंशिक रूपमा क्षति पुगेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा २५ करोड २५ लाख रुपैयाँबराबरको क्षति भएको छ । बाढीबाट एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।
विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीले विशेषगरी गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो क्षति पु¥याएको छ । अधिकांश आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूललाइन, शाखा पाइपलाइन तथा खानेपानीका धारासमेत बाढीले बगाएको छ ।
उनका अनुसार गोसाइिँकुण्ड गाउँपालिकाका वडा नम्बर १, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्णरूपमा क्षति भएका छन् । ती आयोजनामा भएको क्षतिका कारण मात्रै करिब ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन् । त्यसैगरी उत्तरगया गाउँपालिकाका वडा नम्बर ३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा बाढीले पूर्णरूपमा क्षति पु¥याएको विभागले जनाएको छ ।
कैदलटार, सिम्ले मुहान र बाँसथलसिमलगायतका आयोजनामा मुख्य तथा शाखा पाइपलाइन र खानेपानीका धारामा क्षति पुगेको छ । बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनःनिर्माण तथा खानेपानी सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने महानिर्देशक श्रेष्ठले बताए ।
सम्बन्धित समाचार
प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा
आजदेखि हेटौंडा–काठमाडौं आवतजावतमा ‘वान–वे’ रुट, आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने
वैज्ञानिक प्रक्रिया पूरा गरी धमाधम शव व्यवस्थापन, यसरी गर्न सकिन्छ डिएनए परीक्षण
रसुवाको टिमुरेस्थित सिमानामा नेपालको झण्डा राखियो
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध
भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
रसुवा बाढीबाट सिक्नुपर्ने पाठ
यस्तो छ आजको मौसम प्रक्षेपण, यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना






