काठमाडौं । ठाटीकाँध गाउँपालिकामा अभिभावक शिक्षासम्बन्धी पाँच दिने आधारभूत तालिम संचालन गरिएको छ । एईआइएन लक्जेम्बर्गको साझेदारी, ठाटीकाँध गाउँपालिकाको समन्वय तथा सोसेक नेपालद्वारा सञ्चालित सहकार्य परियोजनाको सहजीकरणमा तालिम आयोजना गरिएको हो।
तालिममा २२ जना बालविकास शिक्षकको सहभागिता रहेको छ। तालिमको सहजीकरण राधा मल्लले गरेकी छन् । उद्घाटन कार्यक्रममा गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तथा वरिष्ठ शिक्षा अधिकृत नेत्रबहादुर थापा र स्रोत शिक्षक लबबहादुर शाहीको सहभागीता रहेको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख थापाले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न तथा तालिममा सक्रिय सहभागिता जनाउन सहभागीलाई आग्रह गरे । बालबालिकाको सिकाइ र विकासमा अभिभावक तथा बालविकास शिक्षकको भूमिका महत्वपूर्ण हुने उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)
सम्बन्धित समाचार
रसुवा बाढीमा कर्णालीका १६८ जनाको अवस्था अज्ञात
नमूना बस्ती पहिरोको उच्च जोखिममा
मानसिक स्वास्थ्य समस्या’bout सचेतना जगाउँदै प्रदेश सरकार
भोटेकोशी बाढीः हुम्लाका चार जनाको दाहसंस्कार
जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु
जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
कृष्णभीरको सडक भासिएपछि उपत्यकामा एलपी ग्यासको थप समस्या, सिलिण्डरमा भरेर काठमाडौं लगिने






