काठमाडौं । री एन्ड की फिल्मको ब्यानरमा बनेको चलचित्र चंगुलको ट्रेलर रिलिज भएको छ । ओएसआर डिजिटल मार्फत रिलिज गरिएको ट्रेलरमा देशमा परिवर्तनका लागि भएको आन्दोलन चित्रण गरिएको छ ।
चंगुलमा रहेको देशलाई मुक्त गर्न युवाहरुले गरेको मेहनत र त्यागको विषयवस्तुमा यो चलचित्र निर्माण भएको हो । यहि असोज १६ गतेदेखि प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको निर्देशक राम गौतम हुन् भने मालती कार्की निर्माताको रुपमा रहेकी छन् ।
चलचित्रमा रवि कार्की, लय संग्रौला, लक्ष्मिनाथ तिमिल्सिना, राम गौतम, राकेश कुमार राई, आशा विश्वकर्मा, स्वस्तिका लामिछाने, मालती कार्कीका साथै बाल कलाकार रिम्सा कार्की लगायतका अन्य कलाकारहरुको अभिनय छ ।
चलचित्रमा रवि कार्कीको कथा पटकथा संवाद, विपिन आचार्य, बिक्रम कार्की, नन्दनी अधिकारीको संगीत, देव महर्जनको द्धन्द्ध निर्देशन, दिपेन बस्न्यातको छायांकन र सम्पादन छ ।
चलचित्र रिलिजपछि आएको मुनाफाबाट घाइते जेनजीहरुलाई सहयोग प्रदान गरिने चलचित्रकी निर्माता तथा कलाकार मालती कार्कीले जानकारी दिइन् । यसका लागि घाइते जेनजी नेपाल संस्थासँग सहकार्यको सम्झौता भइसकेको छ ।
सम्बन्धित समाचार
एकल कविता वाचनमार्फत बुधबार बाढीपीडितका लागि सहयोग जुटाउँदै प्रकाश सायमी
‘मिर्जापुर: द मुभी’ का निर्मातामाथि गीत चोरीको आरोप
बलिउड अभिनेत्री जो सिनेमा छाडेर बनिन ज्योतिष
प्रधानमन्त्री बालेनले गरे ओस्करमा पुगेको चलचित्र ‘तिनीहरू’ को प्रमोसन
बालबालिकासम्बन्धी दुईवटा रियालिटी शो एक साथ सुरु हुँदै
चौंथो विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड सम्पन्न, गायक मोतिराज खनाल सम्मानित
चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन






