गन्दुरामले मध्यराति गरे श्रीमतीको हत्या, अनि आफैले दिए प्रहरीलाई जानकारी

उदयपुर । उदयपुरमा आइतबार बिहान पतिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँका ५८ वर्षीय गन्दुराम राईले घरायसी विवादका क्रममा श्रीमती ४५ वर्षीया विमला राईको हत्या गरेका हुन् । उनले श्रीमतीमाथि अन्धाधुन्द हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका गन्दुरामले घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेपछि आइतबार बिहान साढे १ बजे आफैँ अस्थायी प्रहरी पोस्ट माडीबास पुगेर घटना’bout प्रहरीलाई जानकारी दिएका थिए । घटना’bout जानकारी पाएलगत्तै प्रहरीको टोलीले विमलालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार लगेको थियो । हँसिया प्रहारबाट विमलाको घाँटीमा गम्भीर चोट लागेको थियो ।

विमलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गन्दुरामलाई नियन्त्रणमा लिएर घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय