उदयपुर । उदयपुर प्रहरीले जंगलमा लुकाई राखेको १८२ किलो प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । उदयपुरको कटारी नगरपालिका– ६ स्थित शिखर सामुदायिक वन र गडमे खोला बिचको भुसुने जंगलबाट लुकाई राखेको अवस्थामा सोमवार राती प्रहरीले १८२ किलो गाँजा बरामद गरेको हो ।
शिखर सामुदायिक वन र गडमे खोला बिचको झाडीमा गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचना पाएपछि ईलाका प्रहरी कार्यालय कटारीको टोलीले खोजतलास गरेको थियो । सो क्रममा झाडीमा लुकाइ राखिएका नौ बोरा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजन चाँपागाईले जनाएको छ ।
बरामद गरिएको गाँजा बेवारिसे अवस्थामा लुकाएर राखिएको अवस्थामा फेला परेको हो । घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलेको छैन । बरामद गाँजा कसले र कहाँबाट ल्याएर लुकाएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरि रहेको जनाएको छ ।
त्यसैगरी प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र लागू औषधका ट्याब्लेट सहित १ थान मोटरसाईकल सोमवार साँझ बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका– ४ लच्कामा चेकजाँच गर्ने क्रममा रामपुरबाट लालबजार आउँदै गरेको बा ६२ प १८२० नम्बरको मोटरसाइकल प्रहरीलाई देख्ना साथ मोटरसाईकल छाडी भागेकोले शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा लुकाई छिपाई ल्याउदै गरेको २.७२० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ, २० ट्याब्लेट नाट्राजेपाम र १५१० क्याप्सुल ट्रामाडोल सहित मोटरसाईकल बरामद गरिएको तथा मोटरसाईकल छाडि फरार व्यक्तिहरुको खोजतलास भइ रहेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ । साथै घटना सम्बन्धमा थप अनुसन्धान समेत भइ रहेको जनाए ।
सम्बन्धित समाचार
सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी
चार वर्षदेखि अँध्यारो कोठामा भीमा
क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
कांग्रेस विवाद समाधानको मध्यार्गी प्रस्ताव
जेनजी आन्दोलन दल विशेष थिएन, तत्कालीन सरकारको दमनको परिणाम थियोः कांग्रेस सांसद केसी
पीडितको आँसु पुछ्दै प्याबसन आवद्ध निजी विद्यालय एकजुट, १५ लाख ७० हजार रूपैयाँ
कांग्रेस संस्थापनइतरको संखुवासभामा महाधिवेशन तयारी समिति गठन





