फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिका –०५ रेक्चा स्थित श्रीमानले फरुवाले टाउकोमा प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ ।

मंगलवार बिहान अन्दाजी १०:२० बजे चौकुने गाउँपालिका–५ रेक्चा बस्ने अन्दाजी ३२ वर्षीय गोपीराम जैसीले आफ्नै श्रीमती अन्दाजी ३० वर्षीया चन्द्रा देवकोटा जैसीलाई घरमै फरुवाले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको हो ।

घटना’bout वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले जानकारी गराएपछि प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको टोली घटनास्थलमा खटिएकोमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डसहित टोली खटिएको थियो।

घटनामा फरुवा प्रहार गर्ने गोपीराम जैसीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

epaper

ताजा समाचार

फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ