काठमाडौं । विराटनगरमा कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुटको अवस्था सिर्जना भएको छ । विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच कुटाकुट भएको बताइएको छ ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुई पक्षबीच विवाद भएको थियो । कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको छ । कुटाकुटका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।
वडा अधिवेशनमा सहमति नभएपछि मतदान भएको थियो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । यता नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवहाक सभापति चुमनारायण तवदारले वडा अधिवेशन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको दाबी गरेका छन ।
सम्बन्धित समाचार
मोरङ क्षेत्र नम्बर ६ मा वडा अधिवेशन रोकिँदा सहमहामन्त्री डिला संग्रौलामाथि प्रश्न
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नयाँ नेतृत्व चयन
यसकारण गलत छ काननुमन्त्रीको दाबी
कर्मकाण्डी एकपक्षीय महाधिवेशनको कुनै औचित्य छैन : युवा नेता शाही
देउमाईमा पेपरलेस बैठकदेखि डिजिटल प्रणालीसम्म
बालेन सरकार: २ सय दिनमा जम्मा २७ प्रतिशत प्रगति !
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क लाग्ने
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक






