पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आज आइतबार बिहान ३ बजे उनकै निवासबाट पक्राउ गरेको हो । अहिले उनलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । उनलाई कुन अभियोगमा पक्राउ गरिएको भन्ने खुल्न सकेको छैन ।

उनी १७ पुस २०७५ मा प्रधानन्यायाधीश बनेका थिए । उनीविरुद्ध १ फागुन २०७८ मा महाअभियोग दर्ता भएको थियो । २०७९को मंसिरमा उनको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भनेर संसदका महासचिवले सर्वोच्चलाई पत्र लेखेका थिए । सो पत्रविरूद्ध रिट परेको थियो । सो रिट खारेज गर्ने निर्णय सर्वोच्चले गरिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ