काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभव मुलुकको विकास तथा नीति निर्माणमा उपयोग गर्न आग्रह गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संघीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्राविधिक पृष्ठभूमिका सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले प्राविधिक विषयमा जानकार सांसदहरू नीति निर्माणको महत्वपूर्ण स्थानमा रहेकाले आफ्नो दक्षताको अधिकतम उपयोग गर्नुपर्ने बताए। ‘तपाईंहरू आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, मुलुकको नीति निर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्,’ उनले भने।
प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिए। निर्वाचन तथा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकाससँग सम्बन्धित प्राविधिक विषयमा केन्द्रित हुन उनले आग्रह गरे।
सम्बन्धित समाचार
प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
भोटेकोशी बाढीपछि उठ्यो जलवायु न्यायको प्रश्न
आफैँले बनाएको मापदण्ड विपरित राजदूत सिफारिस
‘आसेपासे नियुक्त गर्न अध्यादेशको दुरुपयोग त भएन ?’
विपद् व्यवस्थापनका लागि विशेष समिति गठन गर्ने निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दिउँसो २ बजे
कांग्रेसमा एक्लिँदै शेरबहादुर देउवा
सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट





