काठमाडौं । कांग्रेसको गत पुसमा भएको विशेष महाधिवेशनमा बन्द सत्रको अध्यक्षता गरेका नेता श्यामकुमार खड्का काठमाडौं–५ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन ।
प्रजातन्त्र सेनानी–सहिद परिवार–द्वन्द्व प्रभावित कोटाबाट महाधिवेशन प्रतिनिधिमा चुनावी प्रतिस्पर्धामा उत्रिएका खड्का ठाकुरप्रसाद पुडासैनीसँग पराजित भएका हुन् ।
१३२ मतसहित पुडासैनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुँदा खड्काले १०१ मत मात्रै प्रप्त गरे । एक जनाको कोटामा ५ जनाबिच भएको प्रतिस्पर्धामा खड्का दोस्रो भएका हुन ।
८८ वर्षीय खड्काले ज्येष्ठ सदस्यको हैसियतमा विशेष महाधिवेशनको अध्यक्षता गरेका थिए । काठमाण्डू–५ बाटै कांग्रेस केन्द्रीय सदस्य गङ्गा सुनार महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।
तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)
सम्बन्धित समाचार
आजपा उपत्यका विशेष कमिटीको अध्यक्षमा पासाङ तामाङ
काठमाडौं क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा कबिर शर्मा सर्वसम्मत
संविधानविद् विपिन अधिकारी भन्छन्- चोलेन्द्रशमशेरलाई पक्राउ गर्नुको कारण गृहमन्त्रीले जवाफ दिनुपर्छ
सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि
पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत
ओली ‘प्रोजेक्सन’मै एमालेमा भण्डारीको ‘कमब्याक’
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज





