महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुङ्गे पुल भत्किएको छ । महाकाली नदीको बाढीले आज बुधबार बिहान झोलुङ्गे पुलको एक पिल्लर भत्काएको हो ।
भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका जोड्ने उक्त पुलको दोधारा चाँदनीतर्फको तेस्रो स्पान भत्किएको हो । नदीको बीच भागमा रहेको एक पिलर भत्किएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले बताए । महाकाली नदीमाथि निर्माण गरिएको यो झोलुङ्गे पुल दोधारा चाँदनीका लागि आवागमनको पुल रहेको थियो ।

२०५८ सालमा निर्मित महाकालीमा झोलुङ्गे पुल एक हजार ४५२।९६ मिटर, चौडाइ १।६ मिटर तथा लामो स्पान २२५।४० मिटर रहेको थियो । यो पुलले कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई आवतजावतलाई सहज बनाउँदै आएको थियो । दोधारा चाँदनीका बासिन्दालाई जिल्ला सदरमुकाम महेन्द्रनगर आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
पुलको बीचको एक भाग भत्किएपछि दोधाराचाँदनी र भीमदत्तनगरबीच आउ–जाउ गर्ने सो बाटो बन्द भएको छ । स्थानीयका अनुसार मंगलबार रातिदेखि नै पुलको एक भाग आफ्नो सतहभन्दा माथि उठेको देखिएको थियो । बुधबार बिहान करिब ८ बजेतिर पुलको बीच भाग अचानक चुँडिएपछि पुलमा आवतजावत पूर्ण रूपमा रोकिएको छ ।
अब आउजाउ गर्दा करिब दुई किलोमटर माथि पुगेर पक्की पुलबाट यात्रा गर्नुपर्ने भएको छ । दोधारा–चाँदनीको झोलुङ्गे पुलमा पुगेको क्षति’bout अध्ययन गर्न सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालय प्राविधिक टोली आउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
पुलको क्षतिग्रस्त भागमा सावधानी अपनाउन र जोखिमपूर्ण अवस्थामा आवागमन नगर्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कोइरालाले आग्रह गरेका छन् । पुलको पुलको तत्काल प्राविधिक परीक्षण गरी आवश्यक मर्मत पुनः सञ्चालनको व्यवस्था गर्नका लागि स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

सम्बन्धित समाचार
राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीहरूद्वारा १५ लाख ७४ हजार बढी सहयोग
चालु आवको दुई महिना : सरकारको आम्दानीभन्दा खर्च नौ अर्बले बढी
भोटेकोशी बाढीमा सिन्धुलीका वेपत्ताको सामुहिक दाहसंस्कार
आजको विदेशी मुद्राको विनिमयदर : कमजोर बन्यो अमेरिकी डलर, चिनियाँ युआन, थाई भाट र जापानी येन
अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता
सम्हालिँदै सेयर बजार, ७ अंकले बढ्यो नेप्से
‘आउँछु’ भनेर परदेशिएका छत्रबहादुर ६ वर्षपछि बाकसभित्र फर्किए
१०८ फिटे शिवलिंगमुनि हुर्कँदै कल्पवृक्ष





