काठमाडौं । यस वर्षको दसैँमा घर जाने यात्रुका लागि यही २३ असोजबाट टिकट बुकिङ खुला गरिएको छ ।
यातायात व्यवस्था विभागमा आज नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला, विभागका महानिर्देशक राजीव पोखरेलसहितका पदाधिकारीसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपश्चात् महानिर्देशक पोखरेलले दसैँमा यात्रुको सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्न २३ असोजदेखि अग्रिम टिकट बुकिङ खुला गरिने जानकारी दिए ।
उनले आज सञ्चारकर्मीसँग कुरा गर्दै दसैँका लागि यातायात व्यवस्थापनको आवश्यक तयारी भइरहेको जानकारी गराए ।
दसैँको समयमा राजधानीबाट विभिन्न जिल्लातर्फ जाने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ, सवारीसाधनको व्यवस्थापन तथा यात्रु सेवासम्बन्धी तयारीलाई प्राथमिकता दिइएको विभागले जनाएको छ ।
महानिर्देशक पोखरेलका अनुसार यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सम्बन्धित निकाय, यातायात व्यवसायी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय भइरहेको छ ।
यात्रुको चापलाई मध्यनजर गर्दै यातायात सेवा व्यवस्थित र सुरक्षित बनाउन आवश्यक व्यवस्था मिलाइने उनले बताए ।
दसैँमा यात्रुलाई अनावश्यक दुःख नहोस्, टिकट पाउन समस्या नहोस् र सुरक्षित रूपमा यात्रा गर्न सकून् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिङ तथा यातायात व्यवस्थापनको तयारी अघि बढाइएको विभागले जनाएको छ ।
सम्बन्धित समाचार
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध
पर्वतको जलजलामा २५ घर बगे
पर्वतमा कालीगण्डकी नदीले ६६ घर पूर्णरुपमा बगायो, २३ घर उच्च जोखिममा
बागलुङमा पहिरोबाट जनधनको ठूलो क्षति, १० जनाको मृत्यु, एक बेपत्ता
संघीय निजामती विधेयक संसदमा दर्ता
कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै
११२ रोपनी जग्गा सरकारको नाममा दाखिला







