काठमाडौं । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार विद्युतीय (इलेक्ट्रोनिक) कारोबारसम्बन्धी कसुरमा प्रसाईंसँग दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।
प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐनसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो ।
प्रसाईंले युट्युबमा खतिवडा’bout टिप्पणी गर्दै छोराको शवसँग सांसद पद साटेको भनेका थिए । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ पर्दै धरौटीमा छुटेका थिए ।
दुई वर्षको अवधिमा प्रसाईलाई प्रहरीले विभिन्न कसुरमा १६ पटक पक्राउ गरे पनि अदालतले उनलाई धरौटीमा छाड्दै आएको छ । मंगलबार सर्वोच्च अदालतले प्रसाईको मुद्दा जिल्ला अदालतमा दर्ता भइसकेकाले त्यहीँ सुनुवाइ गर्ने भन्दै बन्दी प्रत्येक्षीकरणको रिट निवेदनमा रिहा गर्न अस्वीकार गरेको थियो ।
सम्बन्धित समाचार
पेरिसडाँडामा नेकपाको केन्द्रीय संयोजन समितिको बैठक
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित
कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा
रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने
सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण
प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १४५ दिनमा १२ विधेयक पारित
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय







