काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण माग गरेको छ ।
बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाइपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी, काठमाडौंसमेतका विपक्षी निकायसँग लिखित कारण पेस गर्न आदेश दिएको हो ।
प्रसाईंको हकमा उनकी श्रीमती उमा प्रसाईंले मंगलबार सर्वोच्चमा बन्दीप्रत्यक्षकरण रिट दिएकी थिइन् । काठमाडौं अदालतले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको थियो ।
साइबर ब्युरोको टोलीले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । रास्वपा सांसद रचना खतिवडाको उजुरीकै आधारमा प्रसाई पक्राउ परेका हुन् । खतिवडा जेनजी सहिद रसिक खतिवडाकी आमा हुन् । प्रसाईले ‘छोराको लाससँग साटेर सांसद बनेको’ आरोप लगाएका थिए ।
सम्बन्धित समाचार
आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
काँग्रेसको १५औँ महाधिवेशन: वडा अधिवेशन आजदेखि सुरु
भरत दाहाललाई २४ घण्टाभित्र मिसिलसहित उपस्थित गराउन सर्वोच्च अदालतको आदेश
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
रास्वपा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम
यस्ता छन्– मन्त्रिपरिषद्को ६ निर्णय
१० वर्षपछि फुक्यो निजामती कानुनको गाँठो





