काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र उनका आफन्तको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।
राणाको बाँसबारीस्थित घरमा प्रधानमन्त्री कार्यालय नेतृत्वको सम्पत्ति शुध्दीकरण विभागका प्रहरी र कर्मचारीले अवैध र अकूत सम्पत्ति थुपारिएको आशंकामा छापा मारेको हो ।
यस्तै, विभागको टोलीले राणाका आफन्तको घरमा समेत छापा मारेको बताइन्छ । स्रोतका अनुसार, पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालको घरमा छापा मार्ने काम भइरहेको छ ।
असोज १० गते मध्यरात निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले राणालाई पक्रेर भोलिपल्ट दिउँसो छाडेको थियो ।
राणालाई भेटेकै आधारमा सरकारले सशस्त्रका एआइजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ । चोलेन्द्रसँग निकटकताकै आधारमा सरकारले विचौलिया दीपक भट्टलाई काठमाडौंबाट सिन्धुपाल्चोक कारागार सरुवा गरेको छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
कांग्रेस देउवा पक्षको महाधिवेशन २१–२३ मंसिरमा
रास्वपा केन्द्रीय समितिको बैठक असोज १७ गते बस्ने
सर्वोच्चले माग्यो प्रसाईंलाई थुनामा राख्नुको कारण
प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्न, १४५ दिनमा १२ विधेयक पारित
ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै
कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य
दुर्गा प्रसाईलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश





