काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति (खुला), उपसभापति (समावेशी), महामन्त्री (खुला) र महामन्त्री (महिला)को मतगणना जारी छ । ७ हजार ४३ मत खसेकोमा २ हजार २३१ मत गन्दा उपसभापति (खुला २) मा डा. चन्द्रकान्त भण्डारीले अग्रता कायम राखेका छन् । उनले १०५७ मत पाउँदा दोस्रो स्थानमा मधु आचार्य छन् ।
यस्तै उपसभापति समावेशीमा विनोद चौधरीको अग्रता कायमै छ । उनले ६१५ मत पाउँदा जीवन परियारले ५७८ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी महामन्त्री खुलामा प्रदीप पौडेलले १३८१ मत पाउँदा उदयशमशेर राणा ७८६ मतसहित दोस्रो स्थानमा छन् । महामन्त्री महिलामा डा. डिला संग्रौला (पन्त)धेरै अगाडि छन् ।
तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)
सम्बन्धित समाचार
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउको विषय संसदमा उठ्यो, विपक्षी दलहरुद्वारा चर्काे भर्त्सना
मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै
सुर्खेत २ बाट ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !
कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
सरकार ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन्ः रवि लामिछाने
चीनबाट फर्केको केही दिनपछि प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान
कांग्रेसमा गगनको दोस्रो इनिङ
विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म गगन थापाको यात्रा





