काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । २६ असोजमा कीर्तिपुर अस्पतालमा उनको निधन भएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल पुर्याउँदा नै निधन भइसकेको थियो ।
डा. पौडेल लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय थिए । एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए । एकीकृत समाजवादी र तत्कालीन नेकपा माओवादीबीच एकता प्रक्रिया अघि बढेपछि त्यसप्रति असहमति जनाउँदै उनी नेकपा संयुक्तमा सक्रिय भएका थिए ।
राजनीतिसँगै सञ्चार क्षेत्रमा पनि सक्रिय पौडेलले जनता टेलिभिजनसमेत सञ्चालन गर्दै आएका थिए । उनी पुराना वामपन्थी नेता मोदनाथ प्रश्रितका छोरा हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)
सम्बन्धित समाचार
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको सांसद पद खारेज
दुर्गा प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बस्दै
मोरङ–६ कांग्रेस अधिवेशन विवादपछि नयाँ संयोजक तोकियो, सञ्जयकुमार मण्डललाई जिम्मेवारी
कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी हुने
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो भदौ ५ यताका १५ उपलब्धि
ऐतिहासिकस्थलमा भोलि कांग्रेसको १५औँ महाधिवेशन हुँदै
काठमाडौं क्षेत्र नं. २ मा १५औँ महाधिवेशनको सन्देशसहित सामूहिक शपथ ग्रहण सम्पन्न






