राजविराज । परिवारको गुजारा चलाउने एक मात्र सहारा वेपत्ता भएपछि चिन्ता र आर्थिक अभावले छटपटाईरहेका १३ वर्षिय शुभाष र ७ वर्षिया निभाको घरमा यतिखेर दशैको कुनै रौनक छैन ।
गत वर्ष क्यान्सर रोगले बगाएको दशै यस पल्ट बाढीले
दुई कोठे झुपडीको घरमा वसिरहेका दाजु–बैनी संग न त खान अन्न छ, न त किनेर खाने पैसा । राजविराज नगरपालिका १६ बोरीया टोल स्थित सदा वस्तीका शुभाष र निमा दाजु–बैनीको दशै विगत २ वर्ष देखी यस्तै दशाको रुपमा आउने गरेको छ ।
गत वर्ष दशै आउन करिब १ महिना आउन बाँकि रहदा भाद्र १७ गते ३० वर्षिया आमा फुुलिया देवी सदाको क्यान्सर रोगबाट मृत्यु भएको थियो । जसकारण दशै काजकिरिया र शोक मै वित्यो । यस पल्ट पनि संयोगवश रसुवामा आएको बाढीका कारण गत भाद्र १० गते देखी उनका वुआ वेचन समेत वेपत्ता छन ।
वेपत्ता भएको बुधवार ४८ दिन पुगी सकेको छ । तर अझै बेचनको कुनै पत्तो लाग्न सकेको छैन । आमा वुआ दुबैको छायाँ गुमेका वेला पैसा समेत न भएकाले दशै आएपनि खुशियाली न आएको दाजु–बहिनीले सुनाए ।
चाड पर्वका बेला बुआले नयाँ कपडा ल्याई दिने र आमाले मिठो खाने कुरा बनाइदिन्थे, शुभाषले विगत सम्झिदै भने–अहिले त न आमा छ न त बुआ नै , कसरी मनाउने दशै ?”
उनले अहिले साधारण खाना खान पनि घरमा अन्न र पैसा न भएको लाचारी सुनाए । उनले गत वर्ष क्यान्सर रोगले बगाएको दशै यस पल्ट रसुवाको बाढीले बगाएको पीडा पोखे । शुभाष–निभा दाजु–बहिनी मात्र होइन, उनका छिमेकी ३१ वर्षिया दोरोपतीको अवस्था पनि उस्तै छ ।
अर्काको जग्गामा मासिक १ हजार भाडामा लिई झुपडी बनाएर वसिरहेकी उनी संग न त अन्न छ न त किनेर खाने पैसा । नाबालक २ छोरी र १ छोराकी आमा दोरोपतीका श्रीमान सुरेन्द्र सदा पनि रसूवाकै भोटेकोशीमा आएका बाढी पछी गत भाद्र १० गते देखी वेपत्ता छन । गरिबीले जकडीएको उनको जीवन श्रीमान वेपत्ता पछि झनै दयनीय बनेको छ ।
परिवार चलाउने एकमात्र सहारा नै सम्पर्क विहीन भएपछी वसेको जग्गाको भाडा तिर्न समस्या मात्र होइन, खाने अन्नको एक दानाको जोगाड गर्न पनि समस्या भएको छ, उनले भनिन–यस पल्टको दशै हाम्रो लागी दशा बनेर आयो ।”
उनका छिमेकी गुडिया देवी सदाको पीडा पनि कम छैन । उनका श्रीमान शिव कुमार पनि नुवाकोटको किस्यांग गाउँपालिका ५ स्थित त्रिशुली थ्री वि जलविद्युत आयोजनामा कामदारका रुपमा कार्यत थिए । भदौ १० गतेको बाढीले उनका श्रीमानलाई पनि वेपत्ता बनाएको छ । श्रीमान वेपत्ता भएपछि कहिले छरछिमेकी, कहिले जनप्रतिनीधी त कहिले सर्वसाधारण संग मागेर भएपनि ४ नाबालक सन्तानको पेट पाल्दै आएको गुडियाले सुनाईन । श्रीमान भएको भए चाडपर्वमा कमाएर ल्याउँथे र रमाईलो हुन्थ्यो भन्दै भक्कानिन्छन गुडिया ।
उनीहरुलाई उचित संरक्षण गरेर झुपडी र विपन्न परिवारमा राज्यले आफनो उपस्थिती देखाउनु पर्ने स्थानीयको माँग र सुझाव छ ।
सम्बन्धित समाचार
रसुवाको बाढीमा बेपत्ता सप्तरीका अधिकांशको कुशको प्रतिक बनाई अन्त्येष्टि
कागज र भाषणमै सीमित नेपाल–भारत मैत्रीपूल
पिपलको रुखमा भगवानको आकृति, भक्तजनको भीड
सुर्खेत २ बाट ‘हेभिवेट’ नेताको ‘च्याप्टर क्लोज’ !
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने
इलामको त्यो असोज: एक वर्षपछि पनि उस्तै छन् बाढीपहिरोका घाउ
कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको यस्तो छ भव्य तयारी
चीनबाट फर्केको केही दिनपछि प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान






