तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिकाको उद्धार

धनगढी । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजाँदै गरिएका २५ बालबालिकालाई भारतीय सीमावर्ती क्षेत्र बनबासाबाट उद्धार गरी नेपाल फर्काइएको छ । उद्धार गरिएका सबै बालबालिका १० वर्षमुनिका छन् ।

हुम्लाको सिमकोट गाउँपालिका–८, स्याण्डा (सेयरा) का ती बालबालिकालाई पञ्चपवीर बुढाले कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत लगेका थिए । बनबासा चेकपोस्टमा भारतीय सुरक्षाकर्मीले उनीहरूलाई रोकेर नेपाल फर्काएका हुन् ।

नेपाल फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ । प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्य र उनीहरूलाई पुर्‍याउन खोजिएको गन्तव्य’bout अनुसन्धान गरिरहेको जनाएको छ ।

बालबालिकालाई देहरादुनको कुन शैक्षिक संस्थामा भर्ना गराउन लागिएको थियो भन्ने खुलेको छैन । त्यसैगरी, उनीहरूलाई भारत लैजान अभिभावकको औपचारिक सहमति थियो वा थिएन भन्ने’bout पनि स्पष्ट भएको छैन । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

दशैंको अवसरमा आस्था कला केन्द्रको शुभकामना अदान प्रदान कार्यक्रम