रोजेको स्थानमा अनुमति नपाउँदा अन्यौलमा प्रथम सप्तरी एक्सपो २०८३

राजविराज । जोडतोडका साथ प्रचारप्रसार गरिएको प्रथम सप्तरी एक्सपो २०८३ महोत्सव अन्यौलमा परेको छ ।

अघिल्लो दिन शुक्रबार देखि नै राजविराजमा हुने भनिएको महोत्सव राजरंगशालाको खेल मैदानमा आयोजना गर्न अनुमति नपाएपछि अन्यौलमा परेको हो ।

जिल्लाको स्थानिय उत्पादन, कृषि, घरेलु, साना उद्योग, व्यापार, उद्यमशिलता, कला, संस्कृति, पर्यटनको प्रवद्र्धन तथा स्थानिय आर्थिक गतिविधिलाई थप सुदृढ बनाउने उद्देश्यका साथ असोज २९ गते देखि कार्तिक १२ सम्म प्रथम सप्तरी एक्सपो २०८३ महोत्सवको आयोजना गर्न लागिएको भन्दै आयोजकद्वारा व्यापक प्रचारप्रसार गरिएको थियो ।

तर महोत्सव स्थल तोकिएको राजरंगशाला हाल कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रयोग हुने भएकाले अनुमती प्राप्त न हुँदा रोकिएको हो । राजरंगशाला जिल्ला खेलकुद विकास समितिको मातहतमा पर्दछ । आयोजकले महोत्सव आयोजनाका लागि जिल्ला खेलकुद विकास समितिसँग खेलमैदान उपलब्ध तथा अनुमती माग गरेको थियो ।

अनुमति प्राप्त नहुँदै आयोजकले जोडतोडका साथ महोत्सवको प्रचार प्रसार सुरु गरेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलिप कुमार मण्डलले महोत्सव आयोजकले महोत्सवका लागि खेलमैदान उपलब्ध गराई दिन भन्दै दिएको निवेदन मधेश प्रदेश खेलकुद परिषदमा पठाउँदा अस्विकृत भएको बताए ।

परिषदको बोर्ड बैठकले कर्णाली प्रदेशमा हुन लागेको १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला तथा प्रदेश स्तरीय छनौट प्रतियोगिता, प्रशिक्षण तथा अभ्यास लगायतका कार्यक्रम संचालन हुने भएकाले उक्त खेलमैदानमा हाल कुनै पनि किसिमको मेला, महोत्सव र उत्सव कार्यक्रम लागि उपलब्ध नगराउने भनी निर्णय भएकाले अनुमती दिन न सकिएको उनको भनाई छ ।

खेलमैदानलाई खेलकुद गतिविधिमा मात्र प्रयोग गर्नु पर्ने भन्दै उनले यस’bout पनि समितिले छिटै निर्णय गर्ने जानकारी दिएका छन् ।
यता महोत्सव तयारी एवम् कार्यक्रम संयोजक अमर यादवले अनुमती प्राप्त हुन नसकेका कारण तोकिएको समयमा महोत्सव संचालन गर्न न सकिएको बताए । उनले अनुमतिका लागि अझै प्रयास गरिरहेको र छिट्टै अर्को मिति सार्वजनिक गर्ने जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

ताजा समाचार

गगन नेतृत्वमा कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित