काठमाडौं । अन्तत: शाहरुख खानका शुभचिन्तकको पर्खाइको समय सकिएको छ । सन् २०२६ डिसेम्बर २४ मा शाहरुख अभिनित नयाँ फिल्म ‘किङ’ रिलिज हुने भएको छ ।
शाहरुखले मंगलबार सामाजिक सञ्जालमार्फत नयाँ फिल्म ‘किङ’ को पोस्टर सार्वजनिक गर्दै क्रिसमसमा रिलिज हुने जानकारी दिएका हुन् ।
शाहरुख खान एक्सन थ्रिलर चलचित्रमार्फत तीन वर्ष लामो विश्रामको अन्त्य गर्दैछन्। ‘पठान’ पछि, उनले ‘किङ’ का लागि निर्देशक सिद्धार्थ आनन्दसँग पुन: सहकार्य गर्दैछन्।
‘किङ’लाई पारिवारिक ड्रामा, रोमान्स र मनोरञ्जनका लागि आवश्यक पर्ने सम्पूर्ण मसलेदार तत्वहरूले भरिएको ‘ग्याङस्टर सागा’ को रूपमा चर्चा गरिएको छ। ‘किङ’ मा शाहरुखकै छोरी सुहाना खान, अनिल कपुर, अभिशेष बच्चन जस्ता मल्टिस्टारको अभिनय रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)
सम्बन्धित समाचार
लोकदोहोरी गायिका रीता थापामगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित
दशैंको अवसरमा आस्था कला केन्द्रको शुभकामना अदान प्रदान कार्यक्रम
रोजमान–निशाको ‘नुगलय् तय्लात’ले २४ घण्टा नबित्दै कटायो लाखबढी ‘भ्युज’
‘मिस वेलनेस वल्र्ड २०२६’ का विजेता सान्वीलाई गृहनगरमा स्वागत
दर्शकबाट ‘रामायण’ को अभूतपूर्व प्रतिक्रिया
नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक
अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप
सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि साढे तीन करोड अनुदान, आवेदन दिन २१ दिनको समय






