जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन् ।
जनमत पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशप्रसाद यादवका अनुसार तीन दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको छ ।
यद्यपि, सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने ठोस सहमति भइनसकेको उनले बताएका छन् । एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जसपा र जनमत पार्टीका नेताहरूसँग नयाँ सरकार गठनका विषयमा संवाद भइरहेको र चाडपर्व सकिएपछि छलफललाई निष्कर्षमा पुर्याइने जानकारी दिएका छन् । नयाँ राजनीतिक समीकरणसँगै नयाँ सरकारको नेतृत्वमा भने तीनवटै दलबाट दाबी हुँदै आएको छ ।
प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको जसपाले सरकारको नेतृत्व आफूले गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । उक्त पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले तीनवटै दलका अध्यक्षबीच केन्द्रबाटै प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटाउने समझदारी भएको बताएका छन् ।
एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेछ । अहिले यहाँ नेपाली कांग्रेसका २२, एमालेका २३, जसपाका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।
सम्बन्धित समाचार
मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन
कार्यपालिका सदस्यको ह्यन्डिल लक भएको मोटरसाईकल चोरी
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार
कोष उपाध्यक्षमा नियुक्त आनीको नागरिकतामा प्रश्न
रास्वपा सांसद खगेन्द्र सुनारले महिलालाई यातना दिएपछि भएको थियो मिलापत्र!
जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटन हुने
जाग्यो कांग्रेस, पछ्याउँदै देउवा पक्ष






