कुनै कार्डमा बिश्वास राख्दैन बालेन सरकार

वीरगन्ज । भारतीय कुटनीतिक नियोगको उल्लासमय कार्यक्रममा नेपालको प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा सभापति बुद्धिप्रसाद (हरि) पन्तले बालेन सरकार भारत र चाइना कार्डमा बिश्वास नराख्ने बताएका छन् ।

वीरगन्जमा रहेको भारतीय महाबाणिज्य दुताबासले आफ्नो देशको राष्ट्रिय गान ‘बन्दे मातरम’ १५० औं वर्ष भएको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

ट्रेडको सहजीकरणका लागि भनी आर्थिक नगरी वीरगन्जमा स्थापना भएको भारतीय कुटनीतिक निकाय (महाबाणिज्य दूतावास) को विशेष साँसकृतिक कार्यक्रमलाई सांसद पन्तले मुख्य अतिथिका रुपमा सम्बोधन गरे । सो क्रममा उनले नेपाल र भारतको सम्बन्ध अत्यन्तै बिशिष्ट रहेकोले नेपालले भारतसंगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राखेकोले कुनै कार्डका रुपमा लिन नहुने बताएका थिए ।

रास्वपा पर्सा सभापति एवं सांसद पन्तले नेपाल र भारत दुबै देशका थुप्रै साझा धार्मिक धरोहर र चाडपर्वले आपसी सम्बन्धलाई जीवन्त राखेको पनि चर्चा गरे । भारतीय महाबाणिज्य दुत देबी सहाय मिनाको अध्यक्षतामा भएको विशेष साङ्गितिक समारोहमा भारतिय साँस्कृतिक सम्बन्ध परिषद (आइसिसीआर) नयाँ दिल्लीको तर्फबाट विजया भारतीको नेतृत्वमा आएको टोलिले भारतीय लोक संगित प्रस्तुत गरेको छ ।

उक्त कार्यक्रममा महाबाणिज्य दुत देवी सहाय मिनाले भारतको राष्ट्रिय गीत बन्दे मातरम माथी प्रकाश पारे । राष्ट्रिय गीतले सिंगो भारतवासीको शिर उच्च बनाएको पनि उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढीको फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा