काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू नतर्सिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तर्साउने धेरै आए पनि आफ्नो तर्सिने बानी नरहेको बताएका हुन् ।
प्रधानमन्त्री बालेनले आइतबार फेसबुकमा ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’ भन्दै स्टाटस लेखेका थिए ।
त्यसको भोलिपल्ट सोमबार कांग्रेस सभापति थापाले ‘अहिले ठीक १८:०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै स्टाटस लेखेका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)
सम्बन्धित समाचार
चुनावअघि मात्र टिकट लिने र खोज्ने प्रवृत्ति अन्त्य गर्छौ : गगन
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
प्रहरी पोसाक खरिद छानबिनमा अलमल
काँग्रेसको विशेष बैठक आइतबार दिउँसो १ बजे
रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
न्यायाधीशवारे प्रकाशित समाचारप्रति सर्वोच्चको ध्यानाकर्षण
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता






