काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ ।
बुधबार अपराह्न ४ बजे पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय समितिका पदाधिकारीहरूको आकस्मिक बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा कांग्रेसले आधिकारिक धारणा तय गर्ने भएको छ ।
नेताहरूका अनुसार प्रहरी नियमावलीविपरीत कार्कीलाई पदमुक्त गरेकोमा कांग्रेस असन्तुष्ट छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले बिचौलिया इनम सापकोटाबाट बरामद भएको मोबाइल दुई दिनसम्म आफ्नो घरमा राखेर फरेन्सिक ल्याबमा पठाएको समाचार बाहिरिएपछि सरकारले कार्कीलाई महानिरीक्षकबाट हटाएको हो ।
बेनको निर्देशनपछि मात्र इनम सापकोटाले प्रहरीलाई दिएको बयान सनसनी ढंगले मिडियामा ल्याइएको थियो । जसमा कांग्रेसको आधिकारिकता पाउन विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले १८ करोडको डिल गरेको भनेर बोलेको सुन्न सकिन्छ । तर इनमले त्यो डिलमा आफू नभएको उल्लेख गरेका छन् ।
पार्टीलाई बदनाम गर्न सरकारले बिचौलिया प्रयोग गरेको कांग्रेसले आशंका गरेको छ । सो विषय पनि आजको बैठकमा छलफल हुने भएको छ ।
सम्बन्धित समाचार
स्थानीय निर्वाचनको समय तालिकासँग मिलाएर काँग्रेसका प्रदेश र जिल्ला अधिवेशन गरिने
सुदूरपश्चिमको बजेट छानबिन अलपत्र, मुख्यमन्त्रीसहित मन्त्रीको राजीनामा माग
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण आज
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ
प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा
निरन्तर छलफलमा रास्वपा सभापति रवि लामिछाने
फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण
निर्वाचित कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोगमा कांग्रेस






