खोटाङ । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले जिल्ला अस्पताल खोटाङलाई ५० शैयाको नयाँ भवन हस्तान्तरण गरेको छ । नेपाल सरकारको करिब २२ करोड ९० लाख लागतमा बनेको चारतले भवनको प्रमाणपत्र बिहीबार आयोजनाका प्रमुख इन्जिनियर सुरज पौडेलले अस्पतालका निमित्त प्रमुख डा. पुस्कल राईलाई हस्तान्तरण गरेका छन् ।
वि.सं. २०७८ असारमा ३० महिनाभित्र सक्ने गरी निर्माण सुरु गरिएको भवन मुख्य निर्माण कम्पनीले समयमा सम्पन्न नगरेपछि अलपत्र परेको थियो । कारबाहीको प्रक्रिया सुरु भएपछि जिल्लाकै निर्माण व्यवसायी सुनिल राईले जिम्मा लिई काम सम्पन्न गरेका हुन् । अ
स्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईका अनुसार आवश्यक सामग्री जडान गरेर तिहारपछि ५० शय्याको सेवा सुरु गर्ने तयारी छ । “सेवा सञ्चालन भएपछि उपचारका लागि कोही पनि अन्यत्र जानुपर्दैन,” उनले भने ।
नयाँ भवनको पहिलो तलामा ओपीडी, इमरजेन्सी, शल्यक्रिया, एक्स–रे र फार्मेसी छन् । दोस्रो तलामा प्रसूति सेवा, तेस्रो तलामा आईसीयू र आइसोलेसन कक्ष तथा चौथो तलामा प्रशासन, लेखा र सेमिनार हल रहेका छन् । २०४९ सालमा १५ शैयामा स्थापना भएको जिल्ला अस्पताललाई २०८२ असारमा भवन अधुरै हुँदा ५० शैया स्तरोन्नति गरिएको थियो, जसको सामाजिक सञ्जालमा आलोचना भएको थियो ।
सम्बन्धित समाचार
झापावासीलाई हात्तीबाट जोगाउन सशस्त्र प्रहरीको जनचेतना अभियान, उच्च सतर्कता अपनाउन आग्रह
नेपाली सेनाका राईद्वारा ससुराली पुगेर खुकुरी प्रहार, श्रीमतिसहित ४ जना घाइते
सप्तकोशी बोट दुर्घटनावारे अध्ययन गर्न समिति गठन
काजकिरिया गरिसकेका व्यक्ति जब ६ महिनापछि जिउँदै घर फर्किए…
क्रिश्चियन धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा १० विदेशी पक्राउ
एउटाको ठेक्का अन्त्य, अर्को नयाँ ठेक्काको चरणमा
पीपीपी मोडलबाट विकास निर्माणलाई गति दिने कोशी सरकारको योजना
सयपत्री र मखमलीको पर्वमा गोदावरीको सुगन्ध, फूलसँगै फुल्दै व्यावसायिक सपना






