गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिबाट एक महिनामा ३७ लाख बढीको पशु तथा कृषि बस्तुहरुको बिक्री भएको छ । दसैँ तिहारको अवसरमा पालिबाट कुल ३७ लाख ३९ हजार ९१६ रुपँैया बराबरको खसिबोका, दुध तथा तरकारी बिक्री भएको हो ।
एक महिनाको अवधि असौज १५ देखि कात्तिक १५ सम्ममा पालिकाभरी कुल तीन हजार सात सय ४४ केजी बराबरका एक सय २० वटा खसिबोका बिक्री भएका छन् । खसिबोका पालिका केन्द्र बर्बोटमा रहेको तृसना एण्ड विकल्प मासु पसलले खसिबोका खरिद गरेको छ । धुर्कोटमा अहिले जिउँदो छ सय रुपैँया प्रतिकेजीमा खसिबोका बिक्रि भइरहेको छ ।
यसरी पालिकामा २२ लाख ४६ हजारका खसिबोका बिक्री भएका छन् । यस तथ्याकंमा तम्घास वा बुटबलमा बिक्री भएका खसिबोका समावेश गरिएको छैन । एक महिनाको अवधिमा काँक्रा, सुन्तला, फर्सी, टमाटर लगायतका तरकारी एवं दुध पनि उल्लेख्य रुपमा बिक्री भएको छ । नयाँगाउँबाट छ सय १२ किलो र हाडहाडेबाट पाँच हजार पाँच सय किलो काँक्रा बिक्री भएको तथ्याकं छ । त्यसैगरी पिपलधारबाट आठ सय किलो सुन्तला बुटबलमा बिक्री भएको छ । धुर्कोटको एक सहकारी र दुई फर्मबाट १२ हजार लिटर दुध बिक्री भएको छ ।
समग्रमा एक महिनाको अवधिमा ११ हजार १६ को फर्सी, एक लाख २५ हजार पाँच सयको काँक्रा, ४४ हजारको सुन्तला, एक लाख आठ हजारको टमाटर, दुई लाख ४० हजारको अकबरे खुर्सानी एवं नौ लाख ६५ हजारको दुध बिक्री भएको छ । उत्पादित सामग्री बिक्रीको लागि गाउँपालिकाले निःशुल्क ढुवानीको व्यवस्था गरेको छ । धुर्कोट गाउँपालिकामा पालिकाको सहयोगमा हेफर इन्टरनेशनल नेपालद्धारा धुर्कोट आपूर्ति श्रृखंला परियोजना लागु भएको छ । परियोजनाले उत्पादित बस्तुहरुको बजारीकरणको काम गरिरहेको परियोजना संयोजक भरत भण्डारीले जानकारी दिए ।
परियोजना संयोकज भण्डारीले सहकारी, फर्म, परियोजना हुदैँ पालिकाले ढुवानीको व्यवस्था गरेपछि बिचौलियाबाट किसान ठगिने समस्या हटेको बताए । हाल परियोजनाले टनेल निर्माण, चिलिम भ्याट, बीउ बोका एवं बीउ राघो वितरण लगायतका काम गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले धुर्कोट गाउँपालिका दुध र मासुमा आत्मनिर्भर घोषणा भइसकेकोले अब सामाजिक सुरक्षा कोषमार्फत किसानलाई पेन्सन योजनामा जोड्न खोजेको बताए ।
सम्बन्धित समाचार
वाणिज्य बैंकको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि
फूलखेतीले फेरिँदै धनगढीका किसानको आर्थिक अवस्था
तिहारमा राष्ट्र बैंकले सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने
बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलायो
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
एनपिएलमार्फत अन्तरराष्ट्रियस्तरमा चम्किँदै नेपालको पर्यटन
अब सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने
गहुँ छर्ने बेला कैलालीका किसानलाई मल जुटाउनै सकस






