काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट कात्तिक १९ र २० गते असर्फी तथा मेडालियन बिक्री गरिने जनाएको हो । दुवै दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म सर्वसाधारणले सुनको असर्फी र चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी बिक्री गरिनेछ । त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि उपलब्ध हुनेछन् । एक व्यक्तिले बढीमा दुई थानसम्म चाँदीका मेडालियन खरिद गर्न पाउनेछन् ।
असर्फी तथा मेडालियन खरिद गर्न इच्छुक नेपाली नागरिकले नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अथवा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणसहित स्वयं उपस्थित हुनुपर्नेछ । खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
सुनको असर्फी र चाँदीका मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गरिनेछ। मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकको वेबसाइट बन्द, सामाजिक सञ्जालबाट सूचना प्रवाह गरिने
एनआईएमबी र प्रभु बैंकका सिइओलाई गभर्नरकै ‘संरक्षण’
सुन तोलामै ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि घट्यो
कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी
सुनको भाउ तोलामा २३ सय र चाँदी ७० रुपैयाँले बढ्यो
उच्च अंकले घट्यो नेप्से, सवा सात अर्बको कारोबार
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
झिनो अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार






