काडमाडौं । अनलाइन बस टिकट प्लाटफर्म बससेवाले तिहार तथा छठलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुलाएको छ । बससेवाले तिहार र छठमा ‘लाइन होइन, अनलाइन रोजौं’ भन्दै बुधबारदेखि सबै रुटमा अग्रिम टिकट खुला गरेको जनाएको छ ।
अग्रिम टिकट बुकिङ गर्दा ग्राहकलाई विशेष छुटको समेत व्यवस्था गरिएको छ । बससेवाका असिस्टेन्ट म्यानेजर दीपक बिकेका अनुसार तिहार तथा छठको अवसरमा बस टिकट बुकिङ गर्दा हरेक यात्रुले १०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । साथै, तिहारका लागि प्रोमो कोड : TIHAR2083, छठका लागि प्रोमो कोड: CHHATH2083 गर्नुपर्नेछ ।
यस्तै यात्रु सुरक्षाका लागि बससेवाले यात्रुको इन्स्युरेन्सको पनि व्यवस्था गरेको जनाएको छ । बससेवा इन्स्युरेन्ससहित सुरक्षित यात्राको अनुभव लिन बससेवाको आग्रह छ । यसका लागि टिकट बुकिङसँगै वैकल्पिक यात्रा बीमा सुविधा लिन सकिनेछ । यात्रुहरूले आफ्नो रोजाइअनुसार १ लाख, ३ लाख र ५ लाखसम्मको बीमा सुविधा छनोट गर्न सक्नेछन् ।
बस सेवा नेपालको अग्रणी अनलाइन बस टिकट उपलब्ध गराउने कम्पनी हो । बस सेवाले एक दशकभन्दा बढी समयदेखि नेपालका ७० भन्दा बढी जिल्लामा सञ्चालन हुने अत्याधुनिक र सुविधासम्पन बसहरूको टिकट उपलब्ध गराउँदै आएको छ ।
सम्बन्धित समाचार
असोजमा झन्डै ६ अर्बको बिजुली निर्यात
दसैँपछिको पहिलो कारोबारमै सुनको मूल्यमा भारी गिरावट
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
स्थापनाको ३०औँ वर्षमा आर्य फार्माल्याब एनपीएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य
सेयर बजारमा हरियाली, नेप्से र कारोबार दुवै बढ्यो
सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट, कतिमा भइराखेको छ आज कारोबार ?
धनगढीमा सफल मार्टको नयाँ शाखा उद्घाटन, घरायसी र व्यावसायिक सामग्री एकै ठाउँ पाइने
६.६२ अंकले बढ्यो नेप्से, पाँच अर्ब ६५ करोडको कारोबार






