काठमाडौं । नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ)को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ ।
अर्थ मन्त्रालयका अनुसार अन्तरराष्ट्रिय रेटिङ संस्था फिचको सोभरेन रेटिङ मोडल (एसआरएम) मा नेपालको अंक गत वर्षको ३.४७ बाट ०.१९ अंकले वृद्धि भई यस वर्ष ३.६६ पुगेको हो । फिचको मूल्यांकन प्रणालीमा ‘बिबी–’ (डलब बी माइनस) रेटिङ प्राप्त गर्न न्यूनतम ३.५ अंक आवश्यक पर्ने व्यवस्था छ । गत वर्ष नेपालको एसआरएम अंक न्यूनतम सीमाभन्दा कम रहेकाले गुणात्मक मूल्यांकनका आधारमा एक तह थप गरी ‘बिबी–’ रेटिङ प्रदान गरिएको थियो । तर, यस वर्ष नेपालले कुनै अतिरिक्त ग्रेस अंक वा सहुलियतबिना आफ्नै मूल्यांकन अंकका आधारमा ‘बिबी–’ रेटिङ प्राप्त गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
फिच रेटिङले नेपालको सार्वभौम क्रेडिट रेटिङ लगातार तेस्रो वर्ष स्थीर अर्थात् ‘डबल बी माइनस’ मा कायम राखेको छ ।
हालै रसुवा, बूढीगण्डकीलगायत क्षेत्रमा गएको विनाशकारी बाढीबाट उत्पन्न प्रतिकूल परिस्थितिका बाबजुत नेपालको क्रेडिट रेटिङ अंकमा वृद्धि हुनु महत्वपूर्ण उपलब्धि भएको अर्थ मन्त्रालयको भनाइ छ ।
सरकारले अघि बढाएका सुशासनसम्बन्धी कदम तथा समग्र आर्थिक सुधारका कार्यक्रमले नेपालको सार्वभौम क्रेडिट रेटिङमा सकारात्मक प्रभाव पारेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सार्वभौम क्रेडिट रेटिङले कुनै देशको आर्थिक अवस्था, वित्तीय स्थायित्व तथा ऋण दायित्व पूरा गर्न सक्ने क्षमताको मूल्याङ्कन गर्दछ । यसले अन्तरराष्ट्रिय वित्तीय बजारमा मुलुकको विश्वसनीयता, वैदेशिक लगानीको वातावरण तथा बाह्य ऋण प्राप्त गर्ने क्षमताको आकलन गर्न महत्वपूर्ण आधार प्रदान गर्दछ ।
सम्बन्धित समाचार
सुनको भाउ एकै दिन १३ हजार ३०० रुपैयाँले बढ्यो, चाँदी पनि बढ्यो
लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारी
हिजो १३ हजार ३०० रुपैयाँले बढेको सुनको मूल्य आज घट्यो, कतिमा भइराखेको छ कारोबार ?
एनपिएलमार्फत अन्तरराष्ट्रियस्तरमा चम्किँदै नेपालको पर्यटन
वाणिज्य बैंकहरूमा बढ्दै खराब कर्जाको दबाब, प्रभु बैंकको १४.८० प्रतिशत पुग्यो
सुगन्ध हराउँदै रैथाने बासमतीमा, खेतमा हाइब्रिडको वर्चस्व
३०० रुपैयाँको समान किनेका सूर्यविनायकका राम श्रेष्ठले जिते १० लाख रुपैयाँ पुरस्कार
यी हुन् यो वर्षका उत्कृष्ट करदाता






