सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको सामान्य लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले ३३ बलमा २७ रन जोडे ।

अन्य ब्याटरमध्ये स्कट कुगेलेइनले ७, आरिफ शेखले ४, विनोद भण्डारी र थानुका डाबरेले समान ३ तथा अनिल खरेलले अविजित २ रन बनाए । थारिन्दु रत्नायकेले १ रन बनाए भने जर्ज मुन्से खाता नखोली आउट भए ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । शेर मल्लले ४ ओभरमा २७ रन दिँदै २ विकेट लिए । किशोर महतो र अभिषेश गौतमले समान १ विकेट लिए ।

लुम्बिनीले अब फाइनल प्रवेशका लागि १०६ रन बनाउनुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

सशस्त्र प्रहरीको पोशाक दुरुपयोग गर्नेमाथि बढ्यो कारबाही प्रक्रिया