काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराध गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रवक्ता अनुपम शमशेर जबराका अनुसार बिहीबार चार दिनको म्याद थप गरिएको हो।
सीआईबीले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन्।
नेपाल र मलेसिया सरकारबीचको समझदारीविपरीत वैदेशिक रोजगारीका नाममा रकम उठाएर अमेरिकी डलर र बेलायती पाउन्डमा मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको प्रहरीको आरोप छ।
अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराएको तथा पदीय जिम्मेवारी दुरुपयोग गरी संगठित समूहलाई लाभ पुर्याएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।
सम्बन्धित समाचार
न्यायाधीश पुनर्नियुक्ति गर्न पूर्वन्यायाधीशहरूको माग
आइजीपीमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालत पुगे कार्की
सरकारको ध्यान आनी र आईजीमा, बाढीपीडित अझै बेहालमा
छठको तयारीमा जनकपुरधाम, प्रधानमन्त्री बालेन पनि आउने
मधेशका मुख्यमन्त्री यादवद्वारा राजीनामाको घोषणा
मधेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत
यी हुन् चीन प्रस्थान गरेका रास्वपाका २० सांसद
इनम सापकोटामाथिको अनुसन्धान पारदर्शी नभएको एमालेको आरोप





