धादिङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु, ९ जना घाइते

काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।

शुक्रबार बिहान १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गाडी उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरोमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ बस्ने अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटना’bout थप विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

कार्तिक शुक्ल एकादशी : तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै