उपधारा (३) बमोजिम मुख्यमन्त्री बनेका यादवले भने : सर्वदलीय सरकार बनाउँछु

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा सर्वदलीय सरकार बनाउने बताएका छन् ।

मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने बताए । ‘मेरो चाहना सबै दल मिलेर सरकार बनाउने हो, म त्यही भावनाअनुसार दलहरुसँग छलफल अगाडि बढाउछु,’ नवनियुक्त मुख्यमन्त्री यादवले भने, ‘मेरो नेतृत्वको सरकारमा सबै दल सहभागी हुन्छ भने मलाई विश्वास छ ।’

निर्धारित समयभित्रै प्रदेशसभाबाट विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे ।

उनले आजै तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशप्रमुख सुरेन्द्रलाभ कर्णसँग उनले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन् ।

प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न मंसिर ४ गते अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

निर्धारित समयभित्र कुनै पनि दलबाट दाबी पेस नभएपछि प्रदेशसभामा सबैभन्दा बढी सदस्य रहेको दलका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

ट्रेलरको ठक्करले कार दुई टुक्रा, एकै परिवारका ७ को मृत्यु