बझाङ । बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।
सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो दुर्घटनामा परेको हो ।
अटोको ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाले बताए ।
दुर्घटनामा परी बुंगल नगरपालिका–१० निवासी करिब ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा र ५÷६ वर्षीया डल्ली महराको मृत्यु भएको छ । घटनामा एक बालक बेपत्ता रहेको जनाइएको छ ।
अटोमा चालकसहित ४/५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भए पनि अटो तथा अन्य सवार व्यक्ति’bout थप विवरण खुल्न सकेको छैन ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवलदार उत्तमसिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टा पैदल दूरीमा रहेको जनाइएको छ । हाल बेपत्ता बालकको खोजी तथा उद्धार कार्य भइरहेको र घटना’bout थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
बझाङको केदारस्युँमा जिप दुर्घटना, २ जनाको मृत्यु
जाँतको रौनक: शैलेश्वरदेखि कैलपालसम्म विशेष पूजाआजा
धनगढीको फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा
भारतका विदेश सचिव मिश्री नेपाल भ्रमणमा
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप
पार्टी र सरकारबीच समन्वयको अभाव छैन : सभापति लामिछाने
चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै





