धनगढी । भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत धनगढी उपमहानगरपालिकाले ५ वटा वडाको पहिचान तथा प्रमाणीकरण विवरण भूमि समस्या समाधान जिल्ला समिति, कैलालीमा पठाएको छ ।
उपमहानगरपालिकाले वडा नम्बर २, ७, ८, ९ र १७ का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरी आयोगमा पठाएको हो ।
यसअघि भूमि आयोगले उपमहानगरपालिकालाई लगत संकलन तथा प्रविष्टि, बस्तीको तहगत क्षेत्र निर्धारण र जग्गा नापीको जिम्मेवारी दिएको थियो । उक्त कार्य सम्पन्न गरी उपमहानगरपालिकाले यसअघि नै जिल्ला समितिमा प्रतिवेदन बुझाइसकेको छ । पछि आयोगले पुनः व्यक्तिको पहिचान तथा प्रमाणीकरण गरी विवरण पठाउन पत्राचार गरेपछि उपमहानगरपालिकाले यो प्रक्रिया अघि बढाएको हो ।
बाँकी वडाका हकमा पनि पहिचान तथा प्रमाणीकरणको काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ । नगरप्रमुख गोपाल हमालका अनुसार सम्बन्धित वडा कार्यालयबाट व्यक्तिको पहिचानसम्बन्धी फाइल कार्यपालिकामा प्राप्त भएपछि बैठकबाट निर्णय गराएर जिल्ला समितिमा पठाइनेछ ।
उपमहानगरपालिकाले विवरण प्रमाणीकरण हुन बाँकी रहेका अन्य वडाका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई आ–आफ्नो वडा कार्यालयमा यथाशीघ्र सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।
सम्बन्धित समाचार
धनगढीमा चितुवाको छालासहित दुई जना पक्राउ
जाँतको रौनक: शैलेश्वरदेखि कैलपालसम्म विशेष पूजाआजा
बझाङ दुर्घटना अपडेट: एउटै परिवारका चार सदस्यको भीरमा अस्तायो जीवन
धनगढीमा तीनदिने फुड फेस्टिभल आयोजना हुने, उपमहानगरले १० लाख अनुदान दिने
रोग रोकथाम र स्वास्थ्य प्रवर्द्धनमा जोड दिँदै सुदूरपश्चिमको वार्षिक स्वास्थ्य समीक्षा सुरु
केएमसीमा यसै वर्षदेखि स्नातकोत्तर तहमा पत्रकारिता पढाइ हुने
धनगढीमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
आफ्नो समस्या छोरामा पनि देखिएपछि निसर्ग अस्पताल पुगिन् गीता, दुवैको निःशुल्क उपचार





