रिक्त एक सहसचिव पदमा बढुवाका लागि चार जना कर्मचारीको नाम सिफारिस

काठमाडौं । रिक्त एक सहसचिव पदमा बढुवाका लागि चार जना कर्मचारीको नाम सिफारिस गरिएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि रघुपति महत, महेश पौड्याल, दिनेश मिश्र र कुलचन्द्र भण्डारीलाई सिफारिस गरेको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै सहसचिव वा सो सरह श्रेणी, नेपाल लेखापरीक्षण सेवामा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुने एक सहसचिवका लागि चार जना कर्मचारीको नाम सिफारिस गरिएको जनाएको छ । उनीहरूलाई ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

रिक्त एक सहसचिव पदमा बढुवाका लागि चार जना कर्मचारीको नाम सिफारिस