राजविराज । नेपाली काँग्रेसका सभापति गगणकुमार थापा मंसिर २० गते आइतबारका दिन सप्तरी आउने तय भएको छ ।
आइतबार नेपाली काँग्रेस सप्तरी पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच केन्द्रिय उपसभापति मधु आचार्यले यस्तो जानकारी गराएका हुन् ।
काँग्रेसलाई जनजनमा पुर्याउन फेसबुक र फेस टु फेस कार्यक्रमलाई गति प्रदान गर्न उपसभापतिको आह्वान
“काँग्रेस सभापति थापा यही मंसिर २० गते सप्तरी आउने निश्चित भएको छ, उपसभापति थापाले भने–उनको कार्यक्रम भब्य र शब्य बनाउन पार्टीका सबै तहका नेता कार्यकर्तालाई उत्साहका साथ लाग्न आह्वान गर्दछु ।”
हालै सम्पन्न काँग्रेसको १५औं राष्ट्रिय महाधिवेशनमा सप्तरीबाट केन्द्रिय सदस्य पदमा निर्वाचित भएका दिनेश कुमार यादव, गिता यादव, इर्साद अन्सारी समेतको उपस्थितिमा आयोजित कार्यक्रममा उनले केही दिन भित्रै मुलुकको सबै पालिकामा पार्टीबाट केन्द्रिय प्रतिनिधि परिचालन हुने जानकारी समेत दिए ।
“स्थानीय र प्रदेशको चुनाव मुखैमा आइपुगेको छ, उपसभापति आचार्यले भने–“अब हामी तयार छौ”ं अभियान लिएर गाउँ गाउँ पुगेर काँग्रेसको पक्षमा जनलहर ल्याउन सबै एकजुट भई सशक्त रुपमा अघि बढ्नु पर्ने बेला आइपुगेको छ ।”
अहिले सामाजिक संजालको युग भएको भन्दै उनले काँग्रेसको पक्षमा जनलहर ल्याउन फेसबुकको अधिक्तम प्रयोग गरि सकारात्मक सन्देश प्रवाह गर्नुका साथै गाउँ गाउँ पुगेर जनतासँग फेस टु फेस भई उनको दुःख सुःखमा सरिक हुन पनि स्थानीय नेता कार्यकर्तासँग आग्रह गरे ।
आचारसहिता, अनुशाषण र राजनीतिक धर्मबिरुद्ध कुनै गतिविधि नर्गन कार्यकर्ताहरुलाई सचेत गराउँदै उनले बदलिएको परिस्थितीमा बदलिएर आएको काँग्रेसप्रति जनताको आशा भरोसा र आकर्षण बढ्दै गएको दाबी समेत गरे ।
रुपान्तरित काँग्रेसलाई अझ बलियो बनाउन पार्टीमा आउन चाहनेहरुका लागि ढोका खुल्ला गरिएको भन्दै उनले नप्रवेशीहरुलाई उचित सम्मान र पुराना नेता कार्यकर्ताको उचित मुल्याङ्कन हुने स्पष्ट पारे ।
काँग्रेसलाई बलियो बनाउन विधान संशोधन गरि नयाँ केन्द्रिय समितिमा सबै समुदाय र पेशाकर्मीको प्रतिनिधित्व सुनिश्चितता गरिएको भन्दै उनले कुनै अलमलमा नपरि नयाँ सोच र नयाँ ढंगले अघि बढेको रुपान्तरित काँग्रेसमा आउन सबैसँग अपील गरे ।
पार्टी अध्यक्ष थापा सप्तरी आइपुग्दा बृहत पार्टी प्रवेश कार्यक्रमका साथै “हामी तयार छौं” अभियान अन्तरगतका विभिन्न कार्यक्रममा सरिक हुने कार्यतालिका रहेको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डल, क्षेत्रिय सभापति शम्भुलाल देव, पूर्व क्षेत्रिय सभापति महानन्द यादव, संगठन विभाग प्रमुख बद्री महात्मानका साथै जिल्लाका १८ वटै पालिकाका सभापतिहरुले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा काँग्रेसलाई सम्मानजनक अवस्थामा पु¥याउन गरिनु पर्ने कार्यहरु ’bout आ–आफ्नो धारणा राखेका थिए ।
सम्बन्धित समाचार
वीरगन्जका दुई गोदाममा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा
दानबहादुर कार्कीको रिटको पेसी बुधबारलाई तोकियो
बडिकेदार मेलाका लागि धनगढीबाट पाँचवटा निःशुल्क बस, मंसिर ४ सम्म नाम दर्ता गर्न सकिने
अमेरिकास्थित नेपाली गणितज्ञहरूको संस्थाद्वारा १५ विद्यार्थीलाई जनही ५० हजार रुपैयाँसम्म छात्रवृत्ति दिने
नापजाँच सम्पन्न भएको १२ वर्षपछि सर्लाहीका २७५ स्ववासी परिवारले पाए लालपुर्जा
प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन
उपधारा (३) बमोजिम मुख्यमन्त्री बनेका यादवले भने : सर्वदलीय सरकार बनाउँछु
किशोरी करणी अभियोगमा यादव पक्राउ






