किशोरी करणी अभियोगमा यादव पक्राउ

मकवानपुर । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगर डेरा गरी बस्ने सप्तरी बिष्णुपुर गाउँपालिका-४ घर भएका ३१ वर्षीय प्रियम यादवलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रियमले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी देवानगंज गाउँपालिका-१ बस्ने ३० वर्षीय भरतलाल मेहतालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सुनसरीबाट २०८१ असार ३० गते उक्त मुद्दामा १० वर्ष कैद सजाय ठहर भई झुम्का कारागार सुनसरीमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा कारागारबाट भागी फरार रहेका उनलाई अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरीले रामधुनी नगरपालिका-५ शिव चोकबाट पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

पुल नहुँदा फेरीकै भर