सहकारीमा महिला नेतृत्व र क्षमता विकास अभिमुखीकरण

चितवन । जिल्ला सहकारी संघ चितवनको आयोजनामा आइतवार सहकारीमा महिला नेतृत्व तथा क्षमता विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । संघको सभाकक्ष भरतपुरमा कार्यक्रम सम्पन्न गरिएको हो।

संघका अध्यक्ष शरदकुमार बर्तौला प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता संघ सञ्चालक सदस्य एवं महिला उपसमिति संयोजक दिव्या शर्मा आचार्यले गरेकी थिइन । कार्यक्रममा पत्रकारद्वय शान्ता अधिकारी र सिर्जना अर्यालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा महिला उपसमिति सदस्य शारदा पौडेलले स्वागत र सम्झना रेग्मीले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

कार्यक्रमका प्रमुख अतिथि बर्तौलाले जिल्लामा महिलाले नेतृत्व गरेका सहकारी अब्बल रहेको बताएका थिए। अभिमुखिकरण पछि महिलामा नेतृत्व क्षमता अभिवृद्धि हुने र त्यसवाट सहकारीलाई थप प्रभावकारी बनाउन भूमिका निर्वाह हुनेमा विश्वास व्यक्त गरेका थिए।

उनले सहकारी केवल आर्थिक उपार्जनको माध्यममात्र नभएर यो एउटा सामाजिक अभियान भएको बताए । अभिमुखीकरण कार्यक्रममा जिल्लाभरका सहकारी सञ्चालक एवं कर्मचारी को समावेशी सहभागीता रहेको थियो।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौँका स्पा तथा मसाज सेन्टरमा प्रहरीको छापा, १३ महिला र एक पुरुष नियन्त्रणमा