भारतद्वारा नेपाली सेनालाई १० वटा आइसीयु भेन्टिलेटर प्रदान

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ विरुद्घ लड्न सहयोग पु-याउने प्रयास अनुरुप भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयु भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले यी भेन्लिेटरहरु नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रदान गरे ।

एडभान्स्ड इन्भेसिभ तथा नन् इन्भेसिभ रेस्पिरेटरी सर्पोटका लागि यी भेन्टिलेटरहरु व्यापक रुपमा प्रयोग गर्न मिल्ने गरी डिजाइन गरिएका छन् । यी भेन्टिलेटरहरु अस्पतालका आइसीयु, बहु–विशेषतायुक्त अस्पताल तथा विशेष आइसीयु कक्षमा बिरामीको हेरचाहका लागि प्रयोग गर्न सकिन्छ । यसको अलावा विशेष तरिकाले निर्माण गरिएकाले गम्भीर अवस्थाका र सघन उपचार आवश्यक पर्ने बिरामीहरुको ओसारपसारमा यी भेन्टिलेटरहरु सहज र उपयोगी छन् ।

मानवीय सहायता तथा राहतका लागि पहिलो सहयोगीको रुपमा लामो समयदेखि भारतीय सेनाले नेपाली सेनालाई सहयोग गर्दै आएको छ । दुई देशका सेनाबीच रहिआएको निरन्तर मानवीय सहयोग अन्तर्गत उक्त भेन्टिलेटरहरु उपहार स्वरुप प्रदान गरिएको हो ।

हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्घको लडाईमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पु¥याउन भारत प्रतिबद्घ रहेको स्पष्ट पारे ।

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती