समयमै उपचार नपाउँदा अत्यधिक रक्तश्रावले दैलेखमा सुत्केरीको मृत्यु

सुत्केरीको रक्तश्रावले मृत्यु भएपछि आन्दोलनमा उत्रेका आफन्तहरु ।

दैलेख । दैलेखको पश्चिम ठाटीकाँधमा अत्याधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका १ की २३ बर्षिय पार्वती शाही हुन् ।

शुक्रवार सुरक्षित सुत्केरी हुन ठाटीकाँध प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेकी शाही ३ बजे नवजात शिशु जन्माइएकी थिइन् । पहिलो सन्तान छोरी जन्माएकी शाही अत्याधिक रक्तश्राव हुँदा थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लैजाँदै गर्दा बिच बाटोमा मृत्यु भएको प्रहरी चौकी ठाटीकाँधले जनाएको छ । नवजात शिशु अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधले जनाएको छ ।

शुक्रबार बिहान ११ बजे लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको र दिउँसो तीन बजे पार्वतीले छोरी जन्माएकी थिइन् । अस्पतालले समयमै रेफर नगरेको र उपचारका लागि पालिकाले हेलिकप्टर वा अन्य साधनको व्यवस्था नगरिदिएका कारण पार्वतीको ज्यान गएको बताउँदै आन्दोलनमा उत्रिएको मृतकका भतिजा सर्जन शाहीले जानकारी दिए ।

‘हामीले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्यौं । यहाँ सञ्चो हुँदैन भने रिफर गर्नुहोस्, हामी जिल्ला बाहिर उपचार गर्न लैजान्छौँ भनेका तर स्वास्थ्य केन्द्रले मानेन । अन्तिमा अवस्थामा आउँदा रिफर ग-यो । स्वास्थ्यकेन्द्र र ठाटीकाँध गाउँपालिकाको लापरवाहीले गर्दा मेरो अन्टीलेको मृत्यु भएको हो’, उनले भने ।

‘हामीले पालिका अध्यक्ष धीरबहादुर शाहीलाई हेलिकोप्टरको व्यवस्था गरिदिन आग्रह गरेका थियौं । उहाँले हेलिकप्टर आउन नसक्ने बताउनुभयो । गाउँपालिकाको एम्बुलेन्स बिग्रेका कारण साँझ ६ बजे मात्रै हामीले प्रदेश अस्पतालतर्फ बिरामीलाई ल्याएका थियौं । शुक्रबार राती १२ बजे मृत्यु भएको प्रदेश अस्पतालका डाक्टरले घोषणा गरेको सर्जनबहादुर शाहीले बताए ।’ मृतकका श्रीमान कर्णबहादुर रोजगारीको लागि नयाँ दिल्लीमा छन् ।

उनले पालिकाले एक एम्बुलेन्सको पनि व्यवस्थापन गर्न नसकेको आरोप लगाउँदै ज्यानमारालाई हदैसम्मको कारवाही गर्नुपर्ने नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए ।

वडा कार्यालय र गाउँपालिकामा तालावन्दी
सुत्केरीको मृत्यु भएपछि ठाटीकाँध गाउँपालिका र वडानं १ को वडा कार्यालयमा मृतकका आफन्तले तालावन्दी गरेका छन् । ठाटीकाँध गाउँपालिका र स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले वडाकार्यालय र गाउँपालिकामा तालावन्दी गरेका हुन् ।

विरामीलाई समयमै रिफर गरिदियो भए सञ्चो हुने थियो । प्राथमिक स्वास्थ्य केन्द्रको लापरवाही र ठाटीकाँध गाउँपालिकाको वेवास्ता कारण मेरो बुहारीको मृत्यु भएको हो । मृतकका जेठाजु टेकबहादुर शाहीले आक्रोश पोखे । प्राथमिक स्वास्थ्य केन्द्रमा समयमै उपचार नहुँदा हालसम्म दुईजना सुत्केरीको मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

देश र पार्टीको अवस्थाबारे डा. कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल