देश र पार्टीको अवस्था’bout डा. कोइरालाद्वारा बुद्धिजीवीसँग छलफल

काठमाडौं । शेखर कोइराला ले देश र नेपाली कांग्रेस को पछिल्लो अवस्था’bout बुद्धिजीवीहरूसँग छलफल गरेका छन्।

बिशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा भएको उक्त छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, बिष्णु बुढाथोकी, उद्धव प्याकुरेल, साथै जेन्जी युवाहरू अभिजित अधिकारी र करिना पुरी लगायत सहभागी थिए ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म चलेको छलफलमा शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, मिनेन्द्र रिजाल र गोविन्दराज पोख्रेल पनि सहभागी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

epaper

ताजा समाचार

अभिनेता रणवीर सिंहले अदालतमै माफी मागेपछि टुंगिँदै मुद्दा