बझाङ । गएको बुधबार मष्टा २ कि १२ बर्षिया बालिका सम्झना कामी मन्दिरमा शब भेटियो । शबको प्रकृति हेर्दा बालात्कारपछि हत्या भएको संकेत देखिन्थ्यो ।
बुधबार साँझ वस्तु भाउलाई घाँस हाल्न गोठ हिडेकी सम्झनाको भोलिपल्ट बिहान शिवमन्दिर भित्र नग्न अवस्थामा शब फेला परेको थियो । शरिरको तल्लो भाग नग्न अवस्थामा थियो भने शरिरको विभिन्न भागमा चोट लागेको थियो ।
खिकाला गाउँबाट करिब १० मिनेटको दुरीमा रहेको गोठमा वस्तुभाउलाई घास हाल्ने हिडेकी उनी रातीअवेर सम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो । बालिकाका बाबु आमा मजदुरीको क्रममा भारतमा रहेकोले उनी दुई बहिनी सहित बाजेबज्यै सँग गाउँमा बस्दै आएकी थिइन् । उनका बाजे गोरख कामीले नातिनी अबेर सम्म घर नआएपछि राती आठ बजे सम्म पनि खोजी गरेका थिए । आफुले खोजी गर्दा नभेट्टाएपछि उनले छिमेकीको सहयोग मागेर खोजी गर्दा गोठ भन्दा २ सय मिटर टाढा रहेको शिवमन्दिरमा शब भेटिएको थियो ।
घटनाको जानकारी पाएपछि राती नै घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बालिकाको बलात्कारपछि हत्या नै भएको आशंका गरे । ‘घटनास्थलको प्रकृती हेर्दा बलात्कारपछि हत्या भए जस्तो देखिए पनि अहिले नै किटान गर्न सकिँदैन ।’ उनले भने ‘हामीलाई पनि बलात्कारकै शंका छ । तर पोष्टमार्टम रिर्पाेट नआउन्जेल भन्न सकिँदैन’ अनुसन्धानको क्रममा सोही गाउँका १८ बर्षिय राजेन्द बोहरालाई प्रहरीले निन्त्रणमा लिएको छ ।
बालिकाले बाजेलाई भनेकी थिइन् मुन्द्रा निकालिदिनु
सम्झनाले मृत्यु हुनु भन्दा १० दिन अघि आफ्ना बाजेलाई कानमा लगाएका मुन्द्रा खोलिदिन आग्रह गरेको मृतक बालीकाका बाजे गोरख कामीले बताए ।
‘राजेन्द्र बोहराले कानका मुन्द्रा देउ नभए चुडेर लिन्छु र तँलाई मार्छु भनेको छ भनेकी थिइ । कामीले आँखा भरी आँसु पार्दै भने ‘मैले त सुनको होईन पित्तलको भन्दिनु केही केही गर्दैन भनेँ ।’
न्यायको माग गर्दै जिल्लाबासी सडकमा
बालिकाको बलात्कारपछि हत्या भएको भन्दै आज चैनपुर बजारमा र्याली निकालिएको छ । र्यालीमा जिल्ला स्थित नागरिक समाज, अधिकारकर्मी लगायत स्वतन्त्र नागरिकको सहभागिता थियो । सम्झनालाई न्याय दे, बालअधिकार सुनिश्चित गर, बलात्कारीलाई फाँसी दे लगायत काप्लेकार्ड बोकेर चैनपुर बजार परिक्रमागरि लोकतान्त्रिक चोकमा कोर्ण सभामा परिणत भएको थियो ।
मुन्द्राकै लागि मारिएका थिए अर्का बालक
एक बर्ष अघि मष्टा गाँउपालिकाकै वडा नम्बर २ खिकालाका ११ बर्षिया विमल कामी गाँउ नजीकै रहेको स्याउझाणमा मृत फेला परे । गाँउ नजिकै रहेको बाटोमा बालक मृत अवस्था भेटिएका थिए । कानमा सुनका मुन्द्रा लगाएर हिँड्ने बालकको मृत शरीरमा मुन्द्रा थिएन । बालका आफन्त र छिमेकीले त्यो घटना’bout प्रहरीलाई जानकारी सम्म गरेनन् । बालकका बुबा शेर बहादुर कामी भन्छन् ‘छोराको मृत्यु भएको आशंकामा हामीले प्रहरीलाई खबर गरेनौं ।’
बालकको मुखबाट रगत आएको । टाउकोमा चोट । मुख पुरै सुनिएको अवस्थामा शब फेला परेको थियो । सानो केटालाई कसले मार्यो होला भन्ठानेर परिवारका सदस्यले कसैलाई शंकाको दृष्टिले हेरेन र प्रहरीलाई जानकारी नै नगराई अन्त्यष्टि ग-यो ।
डेढ महिना अघि मात्रै सोही गाँउका एक १४ बर्षिया बालिकामाथि जबरजस्तीकरणीको प्रयास भएको थियो । बालिका घट्ट गएको बेला गाउँकै १८ बर्षिय राजेन्द्र बोहराले उनलाई बलात्कार प्रयास गरेका थिए ।
बालिकाको निधारमा चोट थियो भने मुखबाट रगत बगेको थियो । बालिकाकी भाउजुले के भयो भनेर सोध्दा बालिकाले बोहराले कुट्यो मात्रै भनिन् । बालिकाले पछि मात्रै आफ्ना साथीहरुसंग बलात्कृत भएको कुरा सार्वजनिक गरेकी थिइन् ।






