जनकपुरधाम । प्रदेश २ को विभिन्न जिल्लामा दलितहरुको शंकास्पद मृत्यु भएपछि संघीय सांसदको टोलीले अध्ययन शुरु गरेको छ । केही व्यक्तिको प्रहरी हिरासतमै मृत्यु भएपछि सरकारको देशभरी आलोचना भइरहेको छ ।
धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको प्रहरी हिरासतमा मृत्यु भएको घटनाको पनि सो टोलीले अध्ययन गरेको छ । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली जनकपुरधाम आई सरोकारवालासँग छलफल सुरु गरेको हो । देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका स्थलगत अध्ययनका लागि केही दिन अगाडी उक्त समितिको गठन गरेको थियो ।
उक्त समितिका पदाधिकारीले सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्रै मृत्यु भएका शम्भु सदाका परिवारसँग छलफल गरेका छन् । मृतक सदाको घर पुगेर आफूहरुले उनकी आमा, श्रीमतिसहित छिमेकीसँग घटना’bout जानकारी लिएको समितिका सदस्य एवं धनुषाकै सांसद उमाशंकर अरगरियाले जानकारी दिए । उनका अनुसार नागरिक आन्दोलनका अभियन्ता, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्तासँग पनि शम्भु सदाको मृत्यु’bout जानकारी लिएको छ ।
सवारी ज्यान मुद्दामा पक्राउ परी इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा राखिएका सबैला १२ निवासी २३ बर्षीय शम्भु २७ जेठमा प्रहरी कार्यालयकै शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । शम्भुको हत्या भएको उनको परिवारले बताउँदै आएको छ । त्यसैगरी टोली उपचारको अभावमा मृत्यु भएका हँसपुर नगरपालिकाका राजु सदाको घरमा समेत पुगेर परिवारजन तथा छिमेकीहरु संग छलफल गरेका छन् ।
संसदीय अध्ययन समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङको संयोजकत्वमा जनता समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया, नेपाली कांग्रेसका पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, नेकपाका लालबहादुर थापा र समीमा हुसैन सदस्य छन् । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालालाई भेटेर घटनाको अध्ययन गरिने उनले बताए ।






