घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ

दैलेख । गएको सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दैलेखबाट एकजना कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

खरिदार खनाल र लेखापढी व्यवसायी बुढाले जग्गा नामसारी गर्दा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिइएको टोलीले खरिदार खनाल लेखापढी व्यवसाय बुढालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता अधिकारीले बताए । उनले भने, ‘नियन्त्रणमा लिएका दुई जनाले सेवाग्राहीबाट लिइसकेको ५ हजार रुपैयाँसहित कार्यालय परिषरबाटै टोलीले नियन्त्रणमा लिइएको हो ।’ दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालीएको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 683 times, 1 visits today)

epaper

ताजा समाचार

अभिनेता रणवीर सिंहले अदालतमै माफी मागेपछि टुंगिँदै मुद्दा