दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा हस्तनालाई छाक टार्न समस्या भएको समाचार प्रकाशित भएपछि हस्तना लागि दैलेख जिल्ला स्थित गैरसरकारी संस्थाबाट सहयोग जुटेको थियो ।
गरिबीले ठगेको हस्तनाको परिवारलाई गैरसरकारी संस्थाहरुले जीविकोपार्जनमा सहयोग गर्न खोजे पनि वडा कार्यालयले सिफारिस नदिएको र खान लगाउन समेत मुस्किल भएको समचार प्रकाशित भएको थियो । हस्तनाको परिवारको फोटो सहित समाचार प्रकाशन भएपछि प्रतिनीधि सभा सदस्य पार्वती विशुन्केको पहलमा शान्ति चिल्ड्रेन फाउण्डेशनले पाँच हजार र जिल्लास्थित सामाजिक अभियान्ताहरुले सहयोग स्वरुप संकलन गरेको आठ हजार रुपैयाँ सहित १३ हजार रुपैयाँ हस्तनाको परिवारलाई हस्तान्तरण गरिएको छ । आठबीस नगरकी उपप्रमुख दिपा बोहराले रकम हस्तान्तरण गरिन् ।
दशैको बेला नाबालक छोराछोरी के खुवाउने भनेर चिन्तामा पिरोलिएकी हस्तना सहयोग पाएपछि खुशी भएकी छिन्
बडादशैंको मुखमा भोकभोकै बस्न बाध्य विक परिवारलाई सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले खाद्यान्न उपलब्ध गराएको छ । चामल, दाल, तेल, नुन, साबुन, ब्रस, मनजन सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए । थोरै भएपनि राहत होस् भन्ने उदेश्यले खाद्यान्न सहयोग गरिएको संस्थापक अध्यक्ष थापाले जनाए ।
२८ बर्षिय हस्तनाका चार छोरी र दुई छोरा गरि छ सन्तान छन् । बस्नलाई बास र उब्जनी हुने बारी समेत नभएकी हस्तनाको कमाई गर्ने पतिको मृत्युपछि परिवार विचल्लीमा परेका हुन् । श्रीमानको कमाईले पालिएको परिवारमा श्रीमानको मृत्यु हुँदा ६ सन्तानलाई पालनपोषण गर्न हस्तनालाई हम्मेहम्मे परेको छ । ‘श्रीमानको उपचारमा लागेको ऋण तिर्न सकेको छैन्, बालबच्चाको पालनपोषणमा समस्या छ, छोराछोरी चावपर्वमा पनि भोकभोकै हुन्छन् की भन्ने चिन्ता थियो ।’ यो बर्ष त सहयोग मनले दशै मनाउला । अब दिन कसरी काट्ने उनले दुखेसो पोख्दै । सहयोगी मनलाई धन्यवाद दिईन ।
दशैको बेला नाबालक छोराछोरी के खुवाउने भनेर चिन्तामा पिरोलिएकी हस्तना सहयोग पाएपछि खुशी भएकी छिन् । उनले भननिन,मेरा बालबच्चालाई के खुवाउला भनेर चिन्ता लागेको थियो । दशै मनाउनको लागि साहुँ महाजनको गएँ । तर कसैले पत्याएनन् ।’
दैलेखबाट गत बिहीबार आएको टोलीले खाद्यान्न र नगद सहयोग गरेपछि नाबालक छोराछोरीलाई मिठो मसिनो बनाएर खुवाएकी छिन् । ‘मैले १३ हजार नगद र चामल पाएँ’,खुशी हुदै उनले थपिन ।






