राउटेको अस्तित्व संकटमा

प्रदेश सरकारले दिएको भातमासु सडकमा बसेर खाँदै राउटे समुदायका बालबालिका ।

सुर्खेत । कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक मन्त्री दलबहादुर रावल र कृषि तथा सहकारी मन्त्री विमला केसी लगायत कार्तिक ८ गते महाअष्टमीका दिन राउटे बस्तीमा पुगे । त्यो दिन प्रदेश सरकारको तर्फबाट वनका राजा राउटे समुदायलाई खसी, भात मुख्यमन्त्रीले हातबाट खुवाएर विजयादशमी शुभकामना दिए । प्रदेश सरकारले दिएको मासु र भात खाए । यो नै प्रदेश सरकारका उच्चपदाधिकारीहरुले आफैं भात मासु पकाएर खुवाएको पहिलो घटना हो ।

तर प्रदेश सरकारले मासु र भात खुवाएका राउटेलाई रतिभर चित्त बुझेको थिएन । हाम्रो आफ्नै तरिकाले खानपान गछौं । प्रदेश सरकारले हामीलाई भिखारी जसरी भात खुवायो । यसमा हाम्रो समाजको चित्त दुखेको छ,राउटेका मुखिया दिलबहादुर शाही बताए । सरकारले हामीलाई सहयोग दिए भैगो नि । किन पकाएर खुवाउनुप-यो । हामीलाई मन परेको छैन, मुखिया शाहीले भने । सरकारले हाम्रो राउटेको संस्कार मेट्न खोज्दै छ । बरु हामीलाई सहयोग नगरे भैगो उनले आक्रोश पोखे । गुराँस गाउँपालिका र एईआइएन लक्जेम्बर्ग आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र सोसेकले सञ्चालन गरिको राउटे परियोजनाले सम्पदा माथि धावा बोलेको स्थानीयबासी बताउँछन् । राउटेलाई गाउँपालिका र सोसेक संस्थाले हिडडुल गर्न बन्देज गरिदिएको छ । स्वतन्त्र हुन दिएको छैन सम्पदालाई जोगाई राख्नुको साटो स्थानीय सरकार र सोसेकले परिर्वनको नामममा परनिर्भर बनाउन खोजेको स्थानीयबासीको आरोप छ ।

‘गुराँसबाट अन्यत्र गए भत्ता पाइँदैन भनेपछि हामी गुराँसको आसपासमै बस्ने गरेका छौं’, महामुखिया महिनबहादुर शाहीले दुखेसो पोखे । ‘हामी त पुर्खाबाट घुम्दै आएका हौं । गाउँपालिकाका अध्यक्षले अन्यत्र गए भत्ता पाईदैन भन्नुहुन्छ । बरु हामीलाई भत्ता चाहिँदैन । हामी आफ्नो पुर्खादेखि चलिआएको परम्परार छोडदैनौं’, महामुखिया शाहीले भने ।

भात र मासु खुवाउनु पहिला मुख्यमन्त्रीसहितको टोली ३ बजे राउटे बस्तीमा गएको थियो । त्यतिबेलासम्म राउटे समुदायमा दशैंको रौनकताले छोईसकेको थियो । कोही कुखुराको चल्ला खोज्न गाउँतिर लागेका थिए । केही राउटे पुरुष मदिरा पिएर त्रिपालमुनि यताउता लडेका थिए । मुख्यमन्त्रीले बस्ती हेर्दै मुखिया सुर्यनारायण शाही कहाँ पुगे । मुखिया सबै मन्त्रीलाई सम्मान साथ नमस्कार गरे । केही दिनमा राउटे मुखिया सुर्यनारायण र मुख्यमन्त्री शाही बिच भलाकुसारी चल्यो । त्यतिबेलासम्म मुख्यमन्त्री सँगै गएका केही माननीय भने राउटे बस्तीमा फोटो खिच्न व्यस्त थिए ।

राउटे मुखिया र कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले राउटेको गुराँस गाउँपालिकामा राउटे बाटिका बनाउने, नागरिकता बनाउन सहयोग, घर बनाई दिनको लागि बजेट उपलब्ध गराईदिने भनेर मुख्यमन्त्रीलाई शाहीलाई ज्ञापन पत्र बुझाए । मुख्यमन्त्री शाहीले ज्ञापन पत्र बुझ्दै आवश्वयक सहयोग गर्ने आवश्वास दिए । राउटे मुखिया सुर्यनारायण शाहीले आफुहरुलाई तीन हजार भत्ताले नपुग्ने र सामुदायिक बनले कुकाठ काट्न नदिने हुँदा समस्या भएको जानकारी दिदै सामाजिक सुरक्षा भत्ता बढाई दिन आग्रह गरे ।

मुख्यमन्त्री शाहीले संघीय सरकारले लोपोन्मुख जातिलाई दिँदै आएको ३ हजार भत्तामा कर्णाली प्रदेश सरकारले २ हजार थपेर प्रत्येक राउटे समुदायले ५ हजार पाउने भएपछि मुखिया खुशी भए । तर मुख्यमन्त्रीले अब गुराँस गाउँपालिकामै बस्ने घर बनाई दिने आग्रहलाई अस्वीकार गरे । मुखिया शाहीले भने, ‘मन्त्री ज्यू ! तपाई घर बनाईदिने भन्नुहुन्छ । तपाईले घर बनाउनु पर्दैन । बरु सहयोग गरिदिए, हामी सबै राउटे खुशी मान्ने जानकारी दिए । हामीलाई घर बनाएर के काम । राउटेको पुर्खादेखि चलिआएको आफ्नै परम्परा छ । आज नै यो बसेको ठाउँमा कोही मान्छे मर्यो भने ठाउँ छोड्नुपर्छ । घर बनाएर काम छैन,बरु मान्छे नमर्ने बनाए दिए हुन्थ्यो ।’

२०६५ साल पुस २२ मा अछामको कालेकाँडादेिख काठमाडौं पुगेका राउटे अगुवाले गणतन्त्र नेपालका पहिलो राष्ट्रपटि डाक्टर रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा.बाबुराम भट्टराईलगायत सरकारका उच्चपदाधिकारी भेटेका राउटे अगुवाले घर बनाईने आश्वासनलाई अस्वीकार गरेका थिए । राउटे समुदायले स्थायी बसोबास, लेखपढ, खेतीपातीलाई महाशत्रु ठान्ने हुनाले अन्य कुरालाई स्वीकार गरेपनि यी कुरालाई अस्वीकार गर्दै आएका छन् ।

तर पछिल्लो समय भने नेपालको सम्पदा एवं कर्णाली प्रदेशको गहना भनेर चिनिने दक्षिण एशियाको एकमात्र फिरन्ते जातीको अस्तित्व संकटमा पर्दै गएको छ । विभिन्न सरकारी एवं गैरसरकारी संस्थाले राउटेका अगुवालाई आर्थिक प्रभोलनपारि काम गर्न थालेपछि राउटेको अस्तित्व संकटमा पर्दै गएको हो । राउटेको ’bout अध्ययन अनुसन्धान नगरी हचुवाको भरमा गरिने सहयोगले आत्मनिर्भर बनेका यो समुदाय परनिर्भतातिर उन्मुख हुन थालेको छ ।

भ्रमणशिल यो समुदायमा एकआपसमा गोप्यता छैन, धनसम्पति कमाउने लोभ छैन, जातिय विभेद छैन यही विशिष्ट पहिचान रहेको समुदायमा पछिल्लो समय आर्थिक प्रलोभन पर्ने गरेका छन् । सित्तैमा अरु दिएको चिजबस्तुलाई उपहार ठान्ने, पैसा छोए पाप लाग्छ भन्नेर अन्नसँग भाँडाकुडा साट्ने यो समुदाय कसैले फोटो खिचेमा पैसा माग्छन् । सामाजिककरणका नाममा केही गैरसरकारी संस्थाले गर्दा राउटेको अस्तित्व संकटमा परेको स्थानीय जानकार बताउँछन् । राउटे पहिला एउटै मात्र मुखिया हुन्थे । राउटे समाजमा समस्यामा केही समस्या आईपर्दा मुखिया नै अगि सर्थे । बस्तीमा गैरराउटेलाई बन्देज थियो । तर पछिल्लो समय गैरसरकारी संस्थाले राउटेमा तीनजातीका तीनवटा मुखिया बनाउनमा मलजल गरे ।

राउटे बस्तीमा जो कोही जतिखेर पनि जाने वातावरण तयार भयो । मदिरा र सुर्ति दिएर उनीहरु आफ्नो स्वार्थ लिए । राउटे बस्ती खुकुलो भयो, संस्कार नै अहिले संकटमा प-यो, लामो समय राउटेसँग काम गरेका आठविस नगरपालिकाका खगेन्द्र बहादुर शाहीले दुःख व्यक्त गरे ।

स्थानीय स्तरका केही बुद्धिजिवी भने राउटेको ’boutमा नेपाल सरकारले एउटा उच्चस्तरिय समिति बनाएर अनुसन्धान गर्नुपर्ने बताउँछन् । राउटेको संस्कार जोगाई राख्न र उनीहरुको खानपान सुधार ल्याउन कस्ता खाले योजना ल्याउने,त्यो समुदायसँग बाँझिने खालका नभई संस्कार पनि जोगिन समुदाय पनि बाँच्ने योजना ल्याउनुपर्छ । राउटे सकिने संस्कार नै विगार्ने योजना ल्याउनु हुदैन, ठाटीकाँध गाउँपालिका नामबहादुर शाहीले बताए ।

तर राउटे सम्बन्धित काम गर्दै आएका कटेम्पोररी भिजन नेपालका हरिबहादुर थापा भने, ‘मानशास्त्री, अर्थशास्त्री र समाजशास्त्री सहितको उच्चस्तरिय टोली गठन गरेर राउटे संस्कार रितिरिवाज, सस्कृतिको अनुसन्धान गर्न कार्यक्रम सञ्चालन गरे मात्र राउटेको अस्तित्व संकटबाट जोगिनेछ ।’ एकद्धार प्रणालीबाट सहयोग सामाग्री वितरण, पुर्खादेखि बञ्चरो, छिनो, बासुल्लो सहायत काठका भाँडाकुडा बनाउने गरेका छन् । आधुनिक भाँडाकुडा सामाग्री, ती भाँडाकुडाको व्यापार जनतासँग कसरी जोड्ने, लागि तीनै तहले योजना बनाई लागु गर्दा आत्मनिर्भर हुन्छन् । अर्को कुरा अहिले अधिकांश राष्ट्रिय वन सामुदायिक वन भईसकेका छन् । ‘राउटेलाई त्यो बनमा कुकाठ समेत बन्देज छ । यसको लागि छलफल चलाएर कु-काठ कसरी उपलब्ध गराउन सकिन्छ’, थापाले भने ।

तपाइको प्रतिक्रिया
(Visited 695 times, 1 visits today)

epaper

ताजा समाचार

अभिनेता रणवीर सिंहले अदालतमै माफी मागेपछि टुंगिँदै मुद्दा