चिनियाँ नागरिक अपहरणमा संलग्न चार जना पक्राउ

काठमाडौं । दुई चिनियाँ नागरिक अपहरण आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार तिलगंगास्थित होटल आनन्दबाट गत १९ पुसमा चिनियाँ नागरिक लिउ वेइपिङ र लि जियाओनिङलाई अपहरण गरिएको थियो । उनीहरूलाई दुई नेपालीसहित दुई चिनियाँ नागरिकको संलग्नतामा सिन्धुपाल्चोक पु-याइएको थियो ।

अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक भोटेकोसीका दावा पासाङ लामा र भक्त लामा तथा चिनियाँ नागरिक ऊ चाओ र झाङ उईलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार चिनियाँ नागरिकलाई ट्याक्सीमा राखेर सिन्धुपाल्चोक मार्मिङ लगेर कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

अपहरणकारीको कुटाईबाट घाइते दुबैको ललितपुर ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई भने प्रहरीले ‘अपहरण तथा शरीर बन्धक मुद्दा’मा कारबाही अघि बढाएको छ ।

उनीहरूबीच आर्थिक लेनदेनका कारण घटना भएको आशंका प्रहरीको छ । अपहृत चिनियाँ नागरिक भने काठमाडौं महानगरपालिका–१७ ठमेल बस्दै आएका थिए । उनीहरूलाई सिन्धुपाल्चोकसम्म पु¥याउने ट्याक्सी भने पहिचान भइसकेको छैन । साथी अपहरणमा परेपछि प्रहरीलाई चिनियाँ नागरिकले नै सूचना दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

epaper

ताजा समाचार

चितवनलाई ५ विकेटले हराउँदै सुदूरपश्चिमको दोस्रो जित